ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गर्‍याे


एबीसी न्यूज
१० माघ २०८१, बिहिबार   १२ : ४२   बजे

काठमाडौं १० माघ । अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गरेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय सङ्कटकाल लगाउने घोषणा गर्नुभएको थियो ।

मेक्सिकोको सीमा हुँदै गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न सेना परिचालन गरिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सीमा क्षेत्रमा लडाकू जहाज, हेलिकप्टरसहित एक हजार पाँच सय सेना परिचालन गरिएको छ । जसमध्ये एक हजार स्थल र पाँच सय जल सैनिक छन् ।

उनीहरू बोर्डर मिसनका रूपमा परिचालित भएका छन् । चार वटा सैन्य विमान परिचालन गर्ने पनि तयारी भएको खबरमा उल्लेख छ ।

यो क्षेत्रबाट तत्कालै पाँच हजार अवैध आप्रवासीलाई देश निकाला गर्ने तयारी रहेको कार्यवाहक रक्षामन्त्री रोबर्ट सेल्सेसले बताउनुभएको छ ।

मेक्सिकोको सीमा क्षेत्रबाट निवर्तमान राष्ट्रपति जो बाइडेनको पालामा एकै वर्षमा तीन लाखसम्म आप्रवासी अमेरिका प्रवेश गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा एजेन्सीको तथ्याङ्क छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिम सरकारमा एमालेका चार मन्त्री, नयाँ अनुहारलाई प्राथमिकता

कारागारलाई ‘दण्ड गृह’ होइन, ‘सुधार गृह’ बनाउने सरकारको योजना

सम्बन्धित

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

इजरायली सेनाले वेस्ट बैंकका प्यालेस्टिनीलाई घर खाली गर्न आदेश दियो

होर्मुज संकटपछि खाडी मुलुक वैकल्पिक तेल मार्गको खोजीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu