काठमाडौं १० माघ । महाराष्ट्रको जलगाउँमा बुधबार दिउँसो भएको दुर्घटनामा ४ नेपालीसहित १३ जनाको मृत्यु भएको छ।
महाराष्ट्र सरकारबाट दिल्लीस्थित नेपाली दूतावासलाई प्राप्त विवरण अुनसार मृत्यु हुने ४ नेपालीमा ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा ९कोसी प्रदेश०, ४० वर्षीय लच्छी राम पासी, ४३ वर्षीया कमला नवीन भण्डारी र ६० वर्षीया जवकला भाटे जयकाडी अछाम रहेका छन्।
त्यस्तै घाइते हुनेहरुमा अछाम मंगलसेनकी ३८ बर्षीया ह्युजला सावन्त, मंगलसेनकै ८ वर्षीय धर्मबहादुर सावन्त, दैलेखकको दुल्लु नगरपालिकाका १८ वर्षीय दीपक थापा र दुल्लुकै २५ वर्षीया मञ्जु परिहा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्