ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तामाकोसी शेयर वितरणविरुद्ध आन्दोलन


admin
१ चैत्र २०७४, बिहिबार   ७ : १६   बजे

चरिकोट, १ चैत । बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

शेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।

माथिल्लो तामाकोशी शेयर सरोकार संघर्ष समितिले आज चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो अवधिमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

यसअघि संघर्ष समितिले माथिल्लो तामाकोशीको शेयर वितरणको विषयलाई लिएर सातबुँदे मागपत्र प्रस्तुत गर्दै १० दिनको चेतावनी दिएको थियो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता बर्मा लामाले दोस्रो पटक दिएको अल्टिमेटम अवधिभित्र पनि माग सुनुवाई नभए आन्दोलनमा उत्रने बताउनुभयो ।

संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए चैत १० गतेदेखि माथिल्लो तामाकोशी आयोजना र आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा निषेध गर्ने जनाएको छ ।

नेकपा मालेका पोलिटब्युरो सदस्य रेशमराज रिमालले शेयर दलाल र आयोजनाबाटै दोलखाली जनतालाई अन्याय हुनेगरी शेयर निष्कासनको तयारी भएको बताएका छन् ।

समितिले यसअघि दोलखावासीका लागि छुट्याइएको १० प्रतिशत शेयर वितरण गर्नुपूर्व शेयर वितरण मोडालिटी सच्याएर मात्र शेयर बाँडफाँड गर्नुपर्नेसहित सातबँुदे माग अघि सारेको थियो ।

समितिले शेयरको अधिकतम र न्युनतम मुल्यलाई तीन देखि ३० हजारबाट घटाएर तीनदेखि १० हजार कायम गर्न, जिल्लावासीलाई वितरण गरेर बाँकी रहने शेष शेयरको सम्बन्धमा ग्यारेन्टी गर्न र आयोजनाको मुख्य प्रभावितमध्येको गौरीशंकर गाउँपालिका–९ मा तत्काल सडक पु¥याउनुपर्ने माग गरेको छ ।

माथिल्लो तामाकोशी आयोजनाले धितोपत्र बोर्डबाट स्वीकृति लिएर यही चैत महिनाभित्र शेयर निष्कासनको तयारी गरिरहेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखावासीका लागि रु एक अर्ब पाँच करोडको शेयर निष्कासन गर्न लागेका बेला दोलखामा विवाद र आन्दोलन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

बाढीको क्षतिबीच विद्युत् आपूर्ति नियमित, प्रणाली सन्तुलनमा राख्न सफल भयौँ : ऊर्जामन्त्री श्रेष्ठ

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu