ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एआईले मौलिक भौतिकशास्त्रमा क्रान्ति ल्याउँदैछ र ब्रह्माण्डको अन्त्य कसरी हुन्छ भन्ने देखाउन सक्छ


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   १२ : १८   बजे

सर्नका(Cern) आगामी निर्देशक मार्क थोमसन भन्छन्, एआईले अणु भौतिकशास्त्रमा ठूला फड्को मार्न मद्दत गर्दैछ ।

सर्नका आगामी निर्देशक प्रोफेसर मार्क थोमसनका अनुसार, अत्याधुनिक कृत्रिम बुद्धिमत्ताले (एआई) मौलिक भौतिकशास्त्रमा क्रान्ति ल्याउँदैछ र यसले ब्रह्माण्डको भविष्यको झ्याल खोल्न सक्छ।

बेलायती भौतिकशास्त्री थोमसन २०२६ को जनवरी १ बाट सर्नको नेतृत्व सम्हाल्ने तयारीमा छन्। उनका अनुसार, मेशिन लर्निङका कण भौतिकशास्त्रमा त्यस्ता प्रगति ल्याउनेछ, जसले Google DeepMind का वैज्ञानिकहरूले प्रोटिन संरचनाको भविष्यवाणी गरेर नोबेल पुरस्कार जितेसरह महत्वपूर्ण हुनेछ।

‘यी सुधारहरू साना छैनन्, यी वास्तवमै विशाल परिवर्तनहरू हुन्’ थोमसनले भनेका छन् ।

हिग्स बोसोन र ब्रह्माण्डको भविष्य

सर्नको लार्ज हेड्रोन कोलाइडर  Large Hadron Collider (LHC) मा वैज्ञानिकहरूले बिग व्याङपछि कणहरूले कसरी द्रव्यमान (मास) प्राप्त गरे भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। केही वैज्ञानिकहरूका अनुसार, हाम्रो ब्रह्माण्ड विनाशको संघारमा छ कि छैन भन्ने पत्ता लगाउन एआई उपयोगी हुन सक्छ।

थोमसन भन्छन्, ‘यो क्षेत्रका लागि एकदमै रूपान्तरणकारी हुन गइरहेको छ।’ उनका अनुसार, हिग्स बोसोन (God Particle) को अध्ययनबाट वैज्ञानिकहरूले यसको स्व–संयोजन (self-coupling) मापन गर्न सक्नेछन्। हिग्सको स्वसंयोजन बुझ्न सके, ब्रह्माण्डको स्थायित्वबारे नयाँ संकेत प्राप्त हुन सक्छ।

‘हामी एउटा मात्र हिग्स बोसोन नभई दुई हिग्स बोसोन एकैपटक उत्पादन गर्ने प्रयास गर्दैछौँ’ थोमसनले बताएका छन्।

यदि हिग्स क्षेत्र (Higgs Field) अस्थिर रहेमा, भविष्यमा कुनै क्षणमा ब्रह्माण्ड एकाएक विलीन हुन सक्ने सम्भावनालाई स्ट्यान्डर्ड मोडेल भौतिकशास्त्रले देखाउँछ। यद्यपि, वैज्ञानिकहरू भन्छन्, यो अरबौँ वर्षसम्मको लागि कुनै चिन्ताको विषय भने होइन।

एआईले कण भौतिकशास्त्रलाई कसरी परिवर्तन गर्दैछ ?

एलएचसीमा प्रति सेकेन्ड ४ करोड कण टक्राउँछन् । वैज्ञानिकहरू यी टकरावमध्ये महत्वपूर्ण घटनाहरू छनोट गर्न एआईको प्रयोग गर्दैछन्। ‘हाम्रो प्रविधि २० वर्षअघि सोचिएभन्दा धेरै अगाडि पुगिसकेको छ’ एलएचसीको एटलस (ATLAS) प्रयोगशालामा कार्यरत डा. क्याथरिन लेनीले भनिन्।

यस्तै, वैज्ञानिकहरूले एलएचसीमा अज्ञात पदार्थ ‘डार्क म्याटर’ को खोजी गरिरहेका छन्। डार्क म्याटरको वास्तविक स्वरूप अज्ञात भएकाले यसको पहिचान चुनौतीपूर्ण छ। थोमसन भन्छन्, ‘हामी पहिलेजस्तै कुनै निश्चित संकेत खोज्ने छैनौँ।’ हामी सोध्नेछौँ— के कुनै अप्रत्याशित कुरा छ?

सर्नका वैज्ञानिकहरूका अनुसार, एआईले हिग्स बोसोन अध्ययनदेखि लिएर डार्क म्याटर पत्ता लगाउने नयाँ ढोका खोल्न सक्नेछ। ‘हामी इतिहासकै ठूला भौतिकशास्त्रीय खोजहरूको संघारमा छौँ’ थोमसनको निष्कर्ष छ।

द गार्डियनबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group