ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म पोल्याण्डको परराष्ट्रमन्त्री हुँः युरोपले सन्देश बुझिसकेको छ


राडोस्लाव सिकोस्र्की
२१ माघ २०८१, सोमबार   १२ : ५१   बजे

मैले हालसालै एउटा पुरानो मनपर्ने चलचित्र पुनः हेरें—१९९६ मा बनेको इन्डिपेन्डेन्स डे, जसमा लुटेरा एलियनहरूले पृथ्वीमा आक्रमण गर्न खोज्छन्। चलचित्रका दृश्यहरू अझै प्रभावशाली देखिन्छन्, तर एउटा दृश्यले मलाई अहिलेको वास्तविकतासँग तुलना गर्न बाध्य बनायो।

जब जेफ गोल्डब्लमले एलियनको रक्षाकवच तोड्ने उपाय निकाल्छन्, तब अमेरिकाले विश्वभरका देशहरूलाई प्रतिरोधका लागि गोलबन्द गर्छ। एक ब्रिटिश अधिकारी सोध्छन्, “उनीहरूले के गर्न लागेका छन ?”

त्यस समयमा, विश्व एकध्रुवीय थियो। अमेरिकाको नेतृत्व निर्विवाद थियो, र संकटको समयमा सबैले अमेरिकाबाट नै समाधानको आशा राख्थे। तर ३० वर्षपछि, आज जब कसैले अमेरिकातर्फ नेतृत्वको खोजी गर्छ, उनीहरू पहिले जस्तो विश्वस्त हुँदै छैनन्।

२०१७ मा डोनाल्ड ट्रम्पले वार्सा मा हजारौँ पोलिस नागरिकहरूलाई सम्बोधन गर्दै भने, “अमेरिका र युरोपबीचको ट्रान्स–एटलान्टिक सम्बन्ध सधैंझैं बलियो छ, सायद अझ बलियो।” तर उनले थपे, “युरोपले आफ्नो भविष्य सुरक्षित राख्न आफैं लगानी गर्नुपर्छ, किनभने अहिलेको मुख्य प्रश्न हो—पश्चिमले बाँच्न चाहन्छ कि चाहँदैन?”

कुनै समय अमेरिकी शक्ति कमजोर हुन लागेको भनेर चिन्तित हुने युरोपेलीहरू आज आफैंलाई जिम्मेवार ठान्न थालेका छन्। युरोपको सुरक्षामा अमेरिका मात्रै भरपर्दो सेवा प्रदायक हुन सक्दैन। हामी आफैं सुरक्षाको मुख्य आधार हौं। तर यसको अर्थ अमेरिका र युरोपबीचको निकट सहयोग टुट्नु हुँदैन। हामीलाई दुवै चाहिन्छ—स्वतन्त्र सुरक्षा नीति र बलियो साझेदारी।

रुसले युक्रेनमा गरेको अवैध युद्ध सुरु भएदेखि, युरोपेली संघका २७ राष्ट्रहरूले युक्रेनलाई १४० अर्ब डलरभन्दा बढी सैन्य, आर्थिक, मानवीय सहायता प्रदान गरिसकेका छन्। हामी २०२७ सम्म युक्रेनको पुनर्निर्माण र आधुनिकीकरणका लागि ५४ अर्ब डलर थप सहयोग गर्न प्रतिबद्ध छौँ। गत नोभेम्बरमा पहिलोपटक ईयूले आफ्ना सदस्य राष्ट्रहरूलाई सामूहिक रूपमा हतियार खरिद गर्न सहायता गर्यो। अहिले हामी अझ अघि बढ्न तयार छौँ।

पोल्याण्डले सन् २०२५ को सुरुदेखि ईयू परिषद्को अध्यक्षता ग्रहण गरेको छ र सुरक्षालाई प्राथमिकतामा राखेको छ। युक्रेन युद्ध हाम्रो सीमाबाट केही सय माइल टाढा मात्रै छ, त्यसैले हामी युरोपको रक्षा क्षमता वृद्धि गर्न र ट्रान्स–एटलान्टिक सम्बन्ध बलियो बनाउन अग्रसर छौँ।

डोनाल्ड ट्रम्पले सधैं नाटो सदस्य राष्ट्रहरूलाई जीडीपीको २% रक्षा बजेटमा खर्च गर्न दबाब दिए। उनको पहिलो कार्यकालमा मात्र पाँच राष्ट्रले यो लक्ष्य पूरा गरेका थिए, पोल्याण्ड तीमध्ये एक थियो। अहिले ३२ नाटो सदस्यहरूमध्ये २३ राष्ट्रहरूले २% लक्ष्य पार गरेका छन्।

तर यसपटक त्यो सीमालाई झन् माथि उठाइएको छ। ट्रम्पले जनवरीमा भने, “२% होइन, सबै नाटो राष्ट्रहरूले ५% खर्च गर्नुपर्छ।” अमेरिका आफैंले जीडीपीको ३.५% मात्रै रक्षा बजेटमा खर्च गर्छ, त्यसैले ५% महत्वाकांक्षी लक्ष्य हो। तर अहिलेको सुरक्षा चुनौतीहरूलाई हेर्दा, हामीलाई ठूला लक्ष्यहरू आवश्यक छन्।

पोल्याण्ड हाल आफ्नो जीडीपीको लगभग ५% रक्षा क्षेत्रमा खर्च गरिरहेको छ, जुन नाटोको सबैभन्दा उच्च अनुपात हो। हामीले सन् २०२२ पछि अमेरिकाबाट दशौ अर्ब डलर बराबरको रक्षा उपकरण खरिद गरेका छौँ—पेट्रियट मिसाइल प्रणाली, अब्राम्स ट्याङ्क, एपाचे हेलिकप्टर र एफ–३५ लडाकु विमान। हाम्रो उद्देश्य अमेरिकी सैन्य सहकार्यलाई बलियो बनाउनु र युरोपको रक्षा उद्योगलाई थप सशक्त बनाउनु हो।

ट्रान्स–एटलान्टिक गठबन्धन सधैं एकतर्फी थिएन। दोस्रो विश्वयुद्धपछि अमेरिका दशकौंसम्म युरोपको रक्षा संरक्षक बन्यो। तर नाटोको धारा ५ (सामूहिक रक्षा सिद्धान्त) लागू भएको एकमात्र घटना ९÷११ हमलापछि हो, जब नाटो राष्ट्रहरू अमेरिकाको पक्षमा उभिए। पोल्याण्डले अफगानिस्तान र इराकमा आफ्ना सेना पठायो, २० वर्षसम्म तिनीहरू त्यहाँ तैनाथ रहे। हामीले कहिल्यै अमेरिका सँग बिल मागेनौँ।

सन् २०२५ मा, हाम्रा शत्रुहरू धेरै छन्। रुस, इरान, उत्तर कोरिया, र चीन समेटिएको अधिनायकवादी गठबन्धनले संसारभरि अस्थिरता सिर्जना गरिरहेको छ। यस्तो चुनौतिलाई सामना गर्न अमेरिका र युरोपले एकअर्कालाई अझ बढी आवश्यक पार्नु पर्छ । हाम्रा विरोधीहरू हामीलाई विभाजित गर्न चाहन्छन्—हाम्रो बीचमा आर्थिक विवाद उत्पन्न गराउन र नेतृत्व क्षमता कमजोर पार्न खोज्छन्।

त्यसैले, सशक्त साझेदारीको मार्गमा अगाडि बढौँ, शान्ति कायम राख्न दृढ रहौँ, र मित्रता अझ बलियो बनाऔँ।
राडोस्लाव सिकोस्र्की, पोल्याण्डको परराष्ट्रमन्त्री,द न्यूयोर्क टाइम्सबाट भावानुवाद

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu