ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशमा हसिना विरोधी प्रदर्शनका क्रममा झन्डै एक हजार चार सय जनाको ज्यान गयाे – राष्ट्रसङ्घ


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   ६ : ५६   बजे

काठमाडौं १ फगुन । संयुक्त राष्ट्रसङ्घले शेख हसिनाको शासनकालमा सरकार विरोधी प्रदर्शनका क्रममा बङ्गलादेशमा झन्डै एक हजार चार सय जनाको ज्यान गएको जनाएको छ ।

गएको जुलाई १ देखि अगस्ट १५ सम्म ४५ दिनको अवधिमा झन्डै एक हजार चार सय जना मारिएका राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले अनुमान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो सङ्ख्या बङ्गलादेशको अन्तरिम सरकारले गरेको अनुमानभन्दा धेरै हो । अन्तरिम सरकारले हसिना विरोधी प्रदर्शनका क्रममा आठ सय ३४ जनाको ज्यान गएको बताएको छ ।

हसिना शासनकालमा मानवताविरुद्धको अपराध, हत्या, यातना, कैद र अन्य अमानवीय कार्यहरू भएका छन् भन्ने विश्वास गर्ने उचित आधार रहेको राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले बताएको छ ।

सरकारले अवामी लिग र बङ्गलादेशी सुरक्षा बलका सदस्यहरूसँग मिलेर सत्तामा रहन आन्दोलनकारी र सर्वसाधारणमाथि व्यापक आक्रमण गरेको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।

गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो । हसिना अहिले छिमेकी देश भारतमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी अस्पतालले तलब रोक्ने निर्णय गरेपछि इन्टर्न चिकित्सक आन्दोलनमा

रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

सम्बन्धित

कोलम्बिया भूकम्प : ४८ घण्टापछि भग्नावशेषबाट नवजात शिशुको जीवित उद्धार

जीपीएस जाम भए पनि चिनियाँ हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराले बाटो देखाउने दाबी

पुटिनको चेतावनी : रुसी जहाज रोकिए युरोपेली जहाज पनि कब्जा गर्ने दाबी

इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन : अंकाराबाट ‘क्याटरिङ ट्रक’ हुँदै अर्को विमानमा सारिए

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu