ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी अस्पतालले तलब रोक्ने निर्णय गरेपछि इन्टर्न चिकित्सक आन्दोलनमा


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ८ : २५   बजे

पोखरा । निजी अस्पतालमा कार्यरत इन्टर्न चिकित्सकको तलब तथा भत्ता रोक्ने निर्णय भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सकले अस्पताल प्रशासनले तलब रोक्का गरेपछि बुधबार अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन्।

आन्दोलनरत चिकित्सकले अस्पतालले श्रम शोषण गरेको र चिकित्सकीय पेसाको मर्यादाविपरीत काम गरेको आरोप लगाएका छन्। इन्टर्न डाक्टर प्रविण ओझाले आफूहरूले यसअघि मासिक १२ हजार ५ सय रुपैयाँमा काम गर्दै आएको बताए।

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल (अफिन) ले इन्टर्न चिकित्सकलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध नगराउन सदस्य कलेजलाई आग्रह गरेपछि आफूहरू समस्यामा परेको उनले बताए।

“हामी १२ हजार पाँच सयमा पनि काम गर्दै आएका छौँ, अहिले एसोसिएसनले इन्टर्नलाई तलबबिना एक वर्ष काम गराउने भन्ने सुनियो,” उनले भने, “प्रशासनले यो एसोसिएसनले गरेको हो, हामीले होइन भनेपछि हामी आन्दोलनमा उत्रिएका हौँ।”

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चिकित्सकले बताएका छन्। आन्दोलनका क्रममा कुनै विद्यार्थीलाई एक्लै बोलाएर दबाब दिने वा धम्की दिने काम स्वीकार्य नहुने उनीहरूको चेतावनी छ।

लामो समय काम, पारिश्रमिक घटाउने तयारी

इन्टर्न डाक्टर आकृति सापकोटाले आफूहरूले ३६ घण्टासम्म लगातार काम गर्नुपरेको बताइन्। बिरामीको उपचारमा खटिँदा आफ्नो स्वास्थ्यसमेत बेवास्ता गर्नुपरेको अवस्थामा पाउँदै आएको पारिश्रमिकसमेत रोक्ने निर्णय अन्यायपूर्ण भएको उनको भनाइ छ।

“आफ्नो हेल्थसम्म नहेरी पेसेन्टका लागि खटिन्छौँ, अहिलेसम्म १२ हजारमा काम गरेका थियौँ, अब त्यो पनि नदिई श्रम शोषण गर्ने तयारी देखियो,” उनले भनिन्।

गण्डकी मेडिकल कलेजमा हाल ७५ जना इन्टर्न चिकित्सक कार्यरत छन्।

अफिनको यस्तो छ निर्णय

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले हालै पिजी रेजिडेन्ट चिकित्सक तथा एमबीबीएस/बीडीएस इन्टर्नलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने जनाएको छ।

अफिन अध्यक्ष प्राडा ज्ञानेन्द्र मान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा सरकारले निजी मेडिकल कलेजसँग पर्याप्त संवाद र सहमति नगरी आर्थिक दायित्व थपेको आरोप लगाइएको छ।

सोही कारण अर्को निर्णय नभएसम्म सदस्य कलेजलाई पिजी रेजिडेन्ट तथा इन्टर्न चिकित्सकलाई थप भत्ता वा भुक्तानी नगर्न आग्रह गरिएको छ। यस निर्णयपछि इन्टर्न चिकित्सकले भने आफूहरूले गर्दै आएको कामको उचित पारिश्रमिक पाउनुपर्ने माग अघि सारेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

भोटेकोसीको त्रास तमोर किनारसम्म : ‘नदी सुसाउँदा अब आनन्द होइन, डर लाग्छ’

भोटेकोसी उद्धारमा सरकारमाथि प्रदेशसभाको प्रश्न : ‘नागरिक मरिरहँदा किन रोकियो विदेशी सहयोग?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu