ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिग : एमबाप्पेको ह्याट्रिकमा रियल अन्तिम १६ मा, सिटी बाहिरियो


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   १२ : १६   बजे

युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोरुसिया डर्टमन्ड र पीएसभी अन्तिम १६ मा पुगेका छन् ।

गएराति भएको खेलमा स्पेनिस क्लब रियलका किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी ३–१ ले पराजित भयो । एमबाप्पेले खेलको चौथो, ३३ औं र ६१ औं मिनेटमा गोल गरे । सिटीका निको गोन्जालेजले इन्जुरी समयमा एक गोल गरे । रियल प्लेअफमा समग्रमा ६–३ गोलले अगाडि रह्यो । पहिलो लेगमा रियल ३–२ ले विजयी भएको थियो । सिटी बाहिरीएको छ ।

त्यस्तै स्टेड ब्रेस्टोइसलाई दोस्रो लेगमा ७ गोलको फराकिलो अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो । एउटै खेलमा सात फरक खेलाडीले गोल गरेको च्याम्पियन्स लिग इतिहासमा यो पहिलो पटक हो । पीएसजी प्लेअफमा समग्रमा १०–० गोलले अगाडि रह्यो । पहिलो लेग उसले ३–० गोलले जितेको थियो ।

त्यस्तै डर्टमन्डले दोस्रो लेगमा स्पोर्टिङ सीपीसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३–० को नतिजासहित अन्तिम १६ मा पुग्यो । डर्टमन्डले पहिलो लेगमा ३–० गोलको अग्रता लिएको थियो । फिलिप्स स्पोर्ट वेरेनिगिङ्ग (पीएसभी) ले युभेन्ट्सलाई ३–१ गोलले हरायो ।

पहिलो लेगमा युभेन्ट्स २–१ ले अघि भए पनि पीएसभी समग्रमा ४–३ गोलले अघि रह्यो । इटालियन क्लब युभेन्ट्स बाहिरीयो । च्याम्पियन्स लिगमा शीर्ष आठ टोलीले यसअघि नै सीधै आउँदो मार्चमा हुने राउन्ड अफ–१६ मा स्थान पक्का गरिसकेका थिए ।

शीर्ष आठमा पुग्न नसकेका टोलीबीच प्लेअफ भएको हो । गएरातिका खेलसँगै लिगको प्लेअफका खेल सकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group