ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिलको शतकपछि च्याम्पियन्स ट्रफीमा भारतको विजयी सुरुवात


एबीसी न्यूज
९ फाल्गुन २०८१, शुक्रबार   १२ : ४४   बजे

काठमाडौं ९ फागुन । शुभमन गिलको शतक सहयोगमा भारतले आईसीसी च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ।

बिहीबार राति सम्पन्न खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो।

बंगलादेशले दिएको २ सय २९ रनको लक्ष्य भारतले ४६।३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

शुभमन १ सय २९ बलमा ९ चौका र २ छक्का सहयोगमा १ सय १ रनमा अविजित रहे।

४१ बलमा १ चौका र २ छक्का प्रहार गरेका केएल राहुल ४१ रनमा नटआउट रहे। कप्तान रोहित शर्मा ३६ बलमा ७ चौका प्रहार गर्दै ४१ रन बनाउँदै पेभेलियन फर्के। विराट कोहली २२, श्रेयस ऐयर१५ र अक्षर पटेल ८ रनमा आउट भए।

बंगालदेशका रिसद हौसेनले २ विकेट लिए। तास्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि युएईस्थित दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेश २ बल अगावै २ सय २८ रन बनाउँदा अलआउट भयो।

बंगलादेशका तोहित ह्दोयले शतकिय योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन्। उनले १ सय १८ बलमा ६ चौका र २ चौका सहयोगमा शतक पूरा गरेका थिए। भारतविरुद्ध शतक पूरा गरेका उनी हर्सित रानाको बलमा मोहम्मद सामीको हातबाट क्याच आउट भए।

जोकर अलीले ६८ र तान्जिद हसनले २५ रन थपे। सौम्या सरकार, कप्तान नज्मुल होसैन सान्टो र तान्जिम हसन सकिब शुन्य रनमा नै पेभेलियन फर्के।

बंगलादेशलाई कम स्कोरमा रोक्न मोहम्मद सामी एक्लैले पाँच विकेट लिए। उनले आफ्नो स्पेलमा ५३ रन दिए। हर्सित रानाले ३ र अक्षर पटेलले २ विकेट लिए।

समूह ‘ए’बाट न्युजिल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छ।

च्याम्पियन्स ट्रफीमा आज शुक्रबार समूह ‘बी’को खेल हुनेछ। समूह ‘बी’का अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन्।

सो खेल दिउँसो पौने ३ बजे पाकिस्तानको कराचीमा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group