ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सरकारी कर्मचारीहरूलाई मस्कको इमेल: गरेका कामको सूची पठाउनू, नत्र राजीनामा दिनू


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ११ : २४   बजे

काठमाडौं ११ फागुन । अमेरिकामा इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभागले त्यहाँका सरकारी कर्मचारीहरूलाई गत साता गरेका कामको सूची पठाउनू नत्र राजीनामा दिनू भनी इमेल पठाएको छ।

बीबीसीका अनुसार अमेरिकी सरकारी कर्मचारीहरूले शनिबार दिउँसो त्यस्तो इमेल प्राप्त गरेका हुन्।

यसअघि इलोन मस्कले एक्समा लेखेका थिए, ‘कर्मचारीहरूले छिट्टै इमेल पाउनेछन्, यसको उद्देश्य उनीहरूले गत साता के कस्ता काम पूरा गरेका छन् भन्ने थाहा पाउनु हो।’

अनि उनले यसो पनि भनेका थिए, ‘यदि तपाईं यो इमेलको जवाफ दिन असफल हुनुभयो भने त्यसलाई तपाईंको राजीनामा मानिनेछ।’

मस्क नेतृत्वको सरकारी दक्षता विभागको उद्देश्य अमेरिकी सरकारको खर्च कटौती गर्नु हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई सम्बोधन गरेपछि कर्मचारीहरूले यो इमेल प्राप्त गरेका हुन्।

इमेलमा सोधिएको छ, ‘तपाईंले गत हप्ता के गर्नुभयोरु’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जय नेपाल पार्टी साउन २९ गते निर्वाचन आयोगमा दर्ता हुने

ओखलढुङ्गाको पलापु गाउँको सडक जीर्ण, स्थानीयलाई आवतजावतमा सास्ती

सम्बन्धित

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu