ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतन्याहुले भने: गाजामा लडाइँ पुनः सुरु गर्न ‘कुनै पनि क्षण’ तयार छौँ


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ८ : ०७   बजे

काठमाडौं १२ फागुन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको चेतावनी दिएका छन्।

आइतबार उनले ‘वार्ता वा अन्य माध्यमबाट’ युद्धका उद्देश्य पूरा गर्ने वाचा गरेका छन्।

‘हामी कुनै पनि क्षणमा तीव्र लडाइँ पुनः सुरु गर्न तयार छौँ’, इजरायलले युद्धविराम सम्झौताको एक हिस्साका रूपमा प्यालेस्टिनी कैदीहरूको रिहाइ रोकेको एक दिनपछि नेतान्याहुले युद्ध अधिकारीहरूका लागि आयोजित समारोहमा भने, ‘गाजामा हामीले हमासका अधिकांश संगठित सेनाहरूलाई हटाएका छौँ तर यसमा कुनै शंका छैन( हामी युद्धका उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नेछौँ, चाहे वार्ताका माध्यमबाट होस् वा अन्य माध्यमबाट।’

हमासले गत शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ।

इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ।

गाजामा युद्धविरामअन्तर्गत हमासले शनिबार हिशाम अल(सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेन्कर्ट, एवेरा मङ्गिस्टु र ताल शोहम नामका ६ जना बन्धक छाडेको थियो।

बदलामा इजरायलले पनि शनिबारै आफ्ना जेलमा रहेका ६०२ प्यालेस्टिनी रिहा गर्ने सम्झौता थियो।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक अर्कोपटक सुम्पिने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका हुन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

इरानी खतरापछि ट्रम्पले गोप्य रूपमा विमान बदले

अमेरिकी सिनेटमा ‘तिब्बतको भविष्य सुनिश्चित गर्ने’ विधेयक पेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu