ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको छु – अमेरिकी राष्ट्रपति ट्रम्प


एबीसी न्यूज
२४ फाल्गुन २०८१, शनिबार   ९ : ३३   बजे

काठमाडौं २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने विषयमा गम्भीर रूपमा विचार गरिरहेको बताउनुभएको छ । भर्खरै रुसले युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो ।

रुसले युक्रेनमा युद्ध क्षेत्रमा भयङ्कर आक्रमण गरिरहेको हुँदा युद्धविराम र अन्तिम शान्ति सम्झौता नहुँदासम्म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी र करहरू लगाउन गम्भीर रूपमा विचार गरिरहेको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ । रुस र युक्रेनलाई ढिला नगरी तुरुन्त वार्तामा आउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

गएको मार्च ४ मा अमेरिकी विदेशमन्त्री मार्कौ रुबियोले राष्ट्रपति ट्रम्पले रुसलाई सम्झौतामा सहमत हुन मनाउन काम गरिरहनुभएको बताउनुभएको थियो । अघिल्लो दिन अमेरिकाले युक्रेनलाई कुनै पनि गुप्तचर जानकारी नदिने बताएको थियो । यससँगै सैन्य सहायतामा प्रतिबन्ध लगाउने कुरा पनि भएको थियो ।

यसअघि युक्रेनको आलोचना गर्दै आउनुभएका ट्रम्पले अब रुसलाई दबाव दिन थाल्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र उसका सहयोगीहरूले विभिन्न प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

रुसले भारतसम्म प्रत्यक्ष रेलमार्गको सम्भावना खोज्दै, मध्य तथा दक्षिण एसिया जोड्ने प्रस्ताव

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu