ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न ‘बढी गाह्रो’- ट्रम्प


एबीसी न्यूज
२४ फाल्गुन २०८१, शनिबार   ९ : ४०   बजे

काठमाडौं २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताका सन्दर्भमा रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न ुबढी गाह्रोु भएको बताएका छन्।

बीबीसीका अनुसार ट्रम्पले शुक्रबार रुसलाई नयाँ प्रतिबन्ध र कर लगाउनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताएको केही बेरपछि युक्रेनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

‘रुसले युद्ध क्षेत्रमा युक्रेनलाई कडा प्रहार गरिरहेको छ’, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यस तथ्यका आधारमा, म युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म रुसलाई ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, प्रतिबन्ध र शुल्क लगाउनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको छु।’

यही फागुन १६ गते ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा चर्काचर्की परेको थियो।

त्यसयता दुई देशबीच मनमुटाव बढेको थियो। यस क्रममा अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गुप्तचर जानकारी दिन पनि बन्द गरेको छ।

तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घटनाप्रति दुस्ख व्यक्त गर्दै देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्।

विटकफले बिहीबार ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’ सहितको पत्र प्राप्त गरेको बताएका छन्।

यसैबीच साउदीमा अर्को हप्ता युक्रेन(अमेरिका वार्ता हुने बताइएको छ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गर्‍यो र अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu