ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामिबियाविरुद्ध नेपालको लगातार विकेट पतन


एबीसी न्यूज
२४ फाल्गुन २०८१, शनिबार   ६ : १३   बजे

काठमाडौं २४ फागुन । नामिबियाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालका कुनै पनि ब्याटरहरूले खुलेर खेल्न सकेका छैनन्। जारी खेलको १५।१ ओभर सकिँदा नेपालले ७ विकेट गुमाइसकेको छ।
नेपालले जारी नारी दिवस टी(२० कपअन्तर्गत नेपाल र नामिबि‍यासँगको खेलमा १४ ओभर खेल्दै मात्र ६८ रन बनाएको छ।

युगान्डामा सुरु भएको चार देशीय महिला टी(२० श्रृङ्खलाअन्तर्गत नेपालले पहिलो खेल खेलिरहेको हो। नेपालले कप्तान इन्दुसहित सातै खेलाडीलाई सस्तैमा गुमायो।
नेपालले सम्झनाकुमारी खड्कालाई पहिलो विकेटको रुपमा गुमाएको थियो। आक्रमक ब्याटिङ सुरुवात गरेकी उनी ११ बलमा १८ रन बनाउँदै आउट भइन्। दोस्रो विकेटको रुपमा रुविना क्षेत्रीलाई गुमायो। उनी २ बलको सामना गरेर शून्य रनमै आउट भइन्। त्यस्तै कप्तान इन्दु ११ बलको सामना गरेर जम्मा २ रन बनाएर आउट भइन्। त्यस्तै पूजा महतो पनि २० बलमा १३ रन बनाएर आउट भइन्।

त्यस्तै रोमा थापालाई १८ बलमा ९ रन बनाएको अवस्थामा नेपालले पाँचौँ विकेटको रुपमा गुमायो। छैटौँ विकेटको रुपमा रचना चौधरीलाई नेपालले शून्य रनमै गुमायो। सातौँ विकेटको रुपमा नेपालले एलिशाकुमारी यादवलाई शून्य रनमै गुमायो। खेलमा नामिबियाका बलरहरू हाबी देखिएका छन्।

इन्दु बर्खाको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।

आज नामिबियासँग खेलिरहेको नेपाली टोलीले भोलि ९फागुन २५० गते युगान्डासँग खेल्नेछ। त्यस्तै फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group