ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानमा हैजाका कारण २ हप्तामै ९२ जनाको ज्यान गयो


एबीसी न्यूज
२५ फाल्गुन २०८१, आइतबार   २ : २०   बजे

काठमाडौं २५ पागुन । सुडानमा हैजाको प्रकोप फैलिँदा २ हप्तामै ९२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५ वर्षमुनिका ५ सहित १८ जना बालबालिका रहेका सुडानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सामाचार संस्था एपीले जनाएको छ ।

सुडानको ह्वाइट नाइल राज्यमा फेब्रुअरी २० पछि हैजा फैलिएको हो । त्यसपछि कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा २ हजार ७ सय १८ जना बिरामी भर्ना भएका थिए ।

फेब्रुअरी १६ मा विद्रोही समूह ुपारामिलिटरी र्‍यापिड सपोर्ट फोर्सेसु ९आरएसएफ० ले एउटा पावर स्टेशनमा आक्रमण गरेपछि बिजुली आपूर्ति बन्द भएको थियो । बिजुली आपूर्ति बन्द भएसँगै सरकारी संयन्त्रले वितरण गर्ने पानीको आपूर्ति बन्द भएको र मानिसहरूले अरू स्रोतको पानी प्रयोग गर्दा पानीजन्य रोग हैजा फैलिएको मन्त्रालयले जनाएको छ ।

सुडानी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२४ को जुलाईदेखि गएको मङ्गलवारसम्ममा ५७ हजार १ सय ३५ जनामा हैजा पुष्टि भएको छ । उनीहरूमध्ये १ हजार ५ सय ६ जनाको ज्यान गइसकेको छ ।

सुडानमा सन् २०२३ को अप्रिलदेखि सशस्त्र सेना र आरएसएफबीच युद्ध चलिरहेको छ । युद्धका कारण कम्तीमा २९ हजार ६ सय ८३ जनाको ज्यान गएको छ । युद्धका क्रममा प्रत्यक्ष ज्यान गुमाउनेसँगै हैजालगायतका रोगको सङ्क्रमण र कुपोषण तथा भोकमरीको समस्यासमेत बढिरहेको एपीको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu