ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व अर्वपति इलन मस्कको स्टारलिंक भारतमा भित्रियो


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ९ : १७   बजे

काठमाडौं २७ फागुन । भारतीय टेलिकम्युनिकेसन कम्पनी एयरटेलले भारतमा स्टारलिंक इन्टरनेटका लागि स्पेसएक्ससँग साझेदारीको घोषणा गरेको छ।

स्थानीय मिडियाहरुका अनुसार योसँगै अब उच्चगतिको अर्बपति इलोन मस्कको स्याटेलाइट इन्टरनेट भारतमा चल्नेछ। स्पेसएक्सले भारतमा स्टारलिंक बिक्रीका लागि हुनलागेको यो पहिलो सम्झौता भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

यो सम्झौताले एयरटेल र स्पेसएक्सलाई स्टारलिंक विस्तारको बाटो खुल्ला हुनेछ।

एयरटेलको प्रेस विज्ञप्तिअनुसार दुवै कम्पनीले एयरटेलका स्टोरहरुमा स्टारलिंकका उपकरण उपलब्ध गराउनेछन्। त्यसपछि व्यावसायिक ग्राहकसम्म एयरटेलका माध्यमबाट स्टारलिंकको सेवा सुरु हुनेछ।

यसले समुदाय, विद्यालय, स्वास्थ्यकेन्द्रहरुलाई जोड्ने एयरटेलले जनाएको छ। स्टारलिंकको उपस्थितिपछि भारतका दुर्गम ग्रामीण क्षेत्रमा समेत इन्टरनेटको पहुँच विस्तार हुनेछ।

दुई कम्पनीले अब एयरटेलको नेटवर्क विस्तार र अभिवृद्धि तथा एयरटेलको भूमिस्थ सञ्जाल पूर्वाधार र अन्य क्षमताबाट स्पेस एक्सले लिनसक्ने फाइदाको खोजी गर्नेछन्।

यसलाई कम्पनीले कोशेढुंगा भनेको छ। यसले विश्वस्तरीय उच्चगतिको ब्रोडब्यान्ड सुविधा गाउँ गाउँसम्म पुग्ने भारती एयरटेल लिमिटेडका प्रबन्धनिर्देशक गोपाल वित्तलले बताए।

स्पेसएक्सजस्तो प्रविधिमा विश्वकै नेतृत्व गरिरहेको कम्पनीसँग सहकार्य गर्न पाउँदा एयरटेलले खुसी व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu