ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँग युद्ध शुरू भएपछि रुसी राष्ट्रपति पुटिन पहिलो पटक कुर्स्क क्षेत्रको भ्रमणमा


एबीसी न्यूज
३० फाल्गुन २०८१, शुक्रबार   ७ : ५०   बजे

काठमाडौं १ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गर्नुभएको छ । रुस–युक्रेन युद्ध शुरू भएपछि यो क्षेत्रमा उहाँको पहिलो भ्रमण हो । सार्वजनिक भएका तस्वीरहरूमा रुसी राष्ट्रपति पुटिन सैन्य पोशाकमा देखिनुभएको छ । रुसका चिफ अफ जनरल स्टाफले कुर्स्क क्षेत्रको ११ सय वर्ग किलोमिटर भूभाग युक्रेनको कब्जाबाट मुक्त गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनले सन् २०२४ को अगस्टमा रुसको कुस्र्क क्षेत्रमा घुसपैठ गरी कब्जा गरेको थियो । त्यसपछि रुसले यहाँबाट हजारौं मानिसलाई यहाँबाट बाहिर निकालेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुर्स्कको युद्धले बफर जोन बनाएको र पूर्वी युक्रेनमा रुसी सेना तैनाथ गर्न रोकेको बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत युद्धविरामको बारेमा कुरा गर्न मस्को पुग्दै हुनुहुन्छ । अमेरिकी टोली वार्ताका लागि मस्को पुग्दै गर्दा रुसले कुर्स्क क्षेत्र पुनः प्राप्त गर्ने अन्तिम चरणमा रहेको बताएको छ । तर अहिलेसम्म अमेरिकी प्रस्तावमा पुटिनबाट कुनै प्रतिक्रिया नआएको बीबीसीको खबरमा उल्लेख छ ।

यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको थियो र ट्रम्पले अहिले रुसलाई यसका लागि मनाउन खोजिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu