काठमाडौं १ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीबार एकदमै राम्रो र उपयोगी छलफल गरेको बताएका छन्।
ट्रुथ सोसलमा पोस्ट गर्दै उनले घेरामा परेका युक्रेनी सैनिकहरूको ज्यान जोगाइदिन पनि पुटिनलाई आग्रह गरेको उल्लेख गरेको छ।
‘यही क्षणमा हजारौँ युक्रेनी सैनिकहरू पूर्ण रुपमा रुसी सेनाको घेरामा परेका छन्। र उनीहरू एकदमै खराब र कमजोर अवस्थामा छन्,’ ट्रम्पले लेखेका छन्, ‘मैले राष्ट्रपति पुटिनलाई तिनको ज्यान जोगाइदिन बलियो आग्रह गरेको छु।’
‘यो भयानक नरसंहार हुनसक्छ, जुन दोस्रो विश्वयुद्धदेखि देखिएको थिएन,’ उनले थपेका छन्।
ट्रम्पले स्थान उल्लेख नगरे पनि उनले कुर्स्क क्षेत्रका बारेमा संकेत गरेका हुन सक्छन्। जहाँ युक्रेनी सैनिकहरू आफ्नो सेनाको घेरामा परेको दाबी पुटिनले गरेका थिए।
अगस्टमा युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्र अहिले रुसले फिर्ता लिएको छ। एजेन्सी
प्रतिक्रिया दिनुहोस्