ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्यदलद्वारा निन्दा


एबीसी न्यूज
६ चैत्र २०८१, बिहिबार   ७ : ५०   बजे

काठमाडौं ७ चैत । संयुक्त राष्ट्रसङ्घीय कार्यदलले भूटानले राजनीतिक बन्दीहरूलाई स्वेच्छाचारी नजरबन्दमा राखेको र मानव अधिकार उल्लङ्घन गरेको भन्दै निन्दा गरेको छ ।

भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियान ९जीसीआरपीपीब० ले प्रेस विज्ञप्ति निकालेर भूटानले राजनीतिक बन्दीहरूलाई राजनीतिक कारण देखाई नजरबन्दमा राखेर दमन गरिरहेको भन्दै निन्दा गरेको हो ।

प्रतिवेदनले तीन नेपालीभाषी भूटानी नागरिक बिर्खबहादुर क्षेत्री, कुमार गौतम र सुनमान गुरुङलाई प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गर्दै उनीहरूलाई सन् २००८ देखि अमानवीय रूपमा जेलमा राखिएको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार यी तीनसहित कम्तीमा ३२ जना राजनीतिक बन्दीहरू अन्यायपूर्ण रूपमा जेलमा रहेका उल्लेख छ ।

भूटान सरकारले न्यायिक प्रक्रियाविना नै पक्राउ गरेको, असहमति जनाउने व्यक्तिहरूलाई दमन गरिरहेको तथा विशेष रूपमा नेपालीभाषी भूटानी समुदाय राजनीतिक प्रतिशोधको निशानामा परिरहेका प्रतिवेदनको ठहर छ ।

भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियानले संयुक्त राष्ट्रसङ्घको यो प्रतिवेदनलाई स्वागत गर्दै भूटान सरकारलाई तुरुन्त सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्न, कानूनी सुधार गर्न र स्वतन्त्र अनुसन्धानको अनुमति दिन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

हर्मुज जलघाँटी खुला राख्न जर्मनीको आग्रह, इरानले अमेरिकी सैन्य कारबाही रोक्नुपर्ने अडान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu