ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतद्वारा बंगलादेशलाई दिँदै आएको सामुद्रिक ढुवानी सुविधा (ट्रान्ससिपमेन्ट फ्यासिलिटी) फिर्ता


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   ६ : ३२   बजे

काठमाडौँ, २८ चैत्र । भारत र बंगलादेशबीच ताजा राजनीतिक मतभेद र तनावको सेरोफेरोमा नयाँ दिल्लीले बंगलादेशलाई दिँदै आएको सामुद्रिक ढुवानी सुविधा (ट्रान्ससिपमेन्ट फ्यासिलिटी) अप्रिल ८ बाट फिर्ता लिएको छ। भारतको विदेश मन्त्रालयद्वारा जारी आधिकारिक वक्तव्यमार्फत उक्त घोषणा गरिएको हो। भारतीय क्षेत्र हुँदै वंगलादेशबाट नेपाल र भुटानतर्फ हुने निर्यातलाई भने यो निर्णयले असर नपार्ने वक्तत्वमा जनाइएको छ।
‘बंगलादेशलाई केही समयदेखि दिँदै आएको सामुद्रिक ढुवानी सुविधा (ट्रान्ससिपमेन्ट फ्यासिलिटी) का कारण हाम्रा विमानस्थल र बन्दरगाहमा सामान थुप्रिन जाँदा हाम्रा काममा ढिलाई तथा मूल्य वृद्धि हुन गइ हाम्रो आफ्नै निर्यात प्रभावित हुन गएको थियो, त्यसैले अप्रिल ८ देखि लागू हुने गरी यो सुविधा फिर्ता लिइएको छ,’ वक्तव्यमा भनिएको छ। त्यसलाई थप स्पष्ट पार्दै वक्तव्यमार्फत नेपाल र भुटानतर्फ बंगलादेशबाट भारतीय क्षेत्र हुँदै भइरहेको निर्यातमा भने कुनै प्रभाव पर्ने छैन।
गत अगस्ट ५ मा बंगलादेशमा भएको राजनीतिक उथलपुथलका कारण प्रधानमन्त्री शेख हसिना वाजेद भारतमा शरणार्थी बनेपछि दुई देशबीच तनाव उत्पन्न भएको हो।तीन दिन अघि बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटघाटलगत्तै भारतले यो निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group