ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र चीनबीच व्यापार युद्ध: ट्रम्पले कर बढाएर पुर्‍याए १२५ प्रतिशत


एबीसी न्यूज

काठमाडौं २८ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १२५ प्रतिशत कर ९भन्सार महसुल० लगाउने घोषणा गरेका छन्। जुन तुरुन्तै लागू हुनेछ।

साथै बाँकी विश्वका लागि ९० दिनको ुस्थगनु स्वीकृत गरी यस अवधिमा पारस्परिक ट्यारिफ १० प्रतिशतमा घटाइएको उनले उल्लेख गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यो जानकारी दिँदै चीनले विश्व बजारप्रति सम्मान नदेखाएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदै छु, जुन तुरुन्तै लागू हुनेछ। आशा छ( चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानि पुर्‍याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन।’

साथै ट्रम्पले घोषणा गरेको ९० दिनको ुरोकुको अर्थ यस अवधिमा चीनबाहेक सबै देशमा एकरूप १० प्रतिशत पारस्परिक ट्यारिफ लगाइनेछ। यो जानकारी ह्वाइट हाउसले दिएको छ।

अमेरिकी अर्थमन्त्रीले पहिले केही सामानमा २५ प्रतिशतसम्मको भन्सार शुल्क लगाउने क्यानडा र मेक्सिकोलाई पनि अब १० प्रतिशतको आधारभूत भन्सार शुल्कमा समावेश गरिएको छ। यद्यपि, उनले यो सहुलियतमा युरोपेली संघ ९ईयू० पनि समावेश छ कि छैन भनेर स्पष्ट पारेनन्।

यसअघि अमेरिकाले चीनलाई १०४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो, त्यसपछि चीनले पनि अमेरिकाविरुद्ध थप ५० प्रतिशत कर लगाएर बदला लियो। यसको अर्थ अमेरिकाविरुद्ध पहिलेको ३४ प्रतिशतको सट्टा कूल ८४ प्रतिशत भन्सार लाग्नेछ।

चीनले अमेरिकी करविरुद्ध सम्पूर्ण विश्वलाई एकताबद्ध हुन पनि अपिल गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी करको सामना गर्न चीनले आफ्ना छिमेकी देशसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com