ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई चीनको आग्रह: गल्ती सच्याऊ, पारस्परिक कर पूर्ण रूपमा रद्द गर


एबीसी न्यूज
१ बैशाख २०८२, सोमबार   ७ : ५७   बजे

काठमाडौं १ बैशाख । चीनले अमेरिकालाई सबै पारस्परिक कर रद्द गर्न आग्रह गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक शुल्कबाट छुट दिने निर्णय गरेपछि चीनबाट उक्त प्रतिक्रिया आएको हो।

अमेरिकाले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक सामानमा पारस्परिक कर नलाग्ने घोषणा गर्दा चीनलाई पनि राहत भएको छ।

यसैबीच चिनियाँ अधिकारीहरूले ट्रम्पलाई पारस्परिक करहरू ‘पूर्ण रूपमा रद्द’ गर्न आह्वान गरेका हुन्।

ट्रम्पको पारस्परिक कर लागू भएदेखि नै विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन० बीच कर युद्धु चलिरहेको छ।

चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी अमेरिकालाई आफ्ना गल्ती सच्याउन, पारस्परिक करको गलत नीति पूर्ण रूपमा रद्द गर्न र पारस्परिक सम्मानको सही बाटोमा फर्कन ठूलो कदम चाल्न आग्रह गर्दछौँ।’

ट्रम्प प्रशासनले शुक्रबार मोबाइल फोन र कम्प्युटरलगायत धेरै इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक करबाट छुट दिने घोषणा गरेको छ। यसमा चीनबाट आयात गरिएका सामान पनि पर्छन्।

यद्यपि, अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले आइतबार एबीसी न्युजसँग यो छुट अस्थायी भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिल २ देखि विश्वका धेरै देशबाट आयात हुने सामानमा पारस्परिक शुल्क लगाएका छन्।

तथापि ट्रम्पले चीनबाहेक विश्वका बाँकी देशका लागि यो कर ९० दिनका लागि स्थगन गरेका गरेका छन्।

अमेरिकाले चीनविरुद्ध भन्सार शुल्क १४५ प्रतिशत लगाएको छ भने चीनले पनि अमेरिकी सामान आयातमा ८४ प्रतिशत शुल्क लिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group