ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको आर्थिक सहयोग अब नदिने


एबीसी न्यूज

काठमाडौं २ बैशाख । अमेरिकाले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको आर्थिक सहयोग अब नदिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय कोष बन्द गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले विश्वविद्यालयले आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि आर्थिक सहयोगमा रोक लगाउनुभएको बीबीसीले जनाएको छ । भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तनलगायत माग राख्दै गएको हप्ता ह्वाइट हाउस प्रशासनले विश्वविद्यालयलाई पत्र लेखेको थियो ।

पत्रमा सरकारसँग आर्थिक सहकार्य गर्नका लागि १० विषयमा परिवर्तन गर्नुपर्ने उल्लेख रहेको बीबीसीले जनाएको छ । तर विश्वविद्यालयले राज्यले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै यो मागलाई अस्वीकार गरेको थियो ।

ट्रम्प प्रशासनको दबावमा परेर आफ्नो नीति परिवर्तन नगर्नेमा हार्वर्ड विश्वविद्यालय अमेरिकाको पहिलो विश्वविद्यालय बनेको छ । विश्वविद्यालयका अध्यक्ष एलन गार्वरले आफ्नो नीतिमा कसैसँग सम्झौता नगर्ने भन्दै विज्ञप्ति निकाल्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com