ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी’


admin
१४ श्रावण २०७४, शनिबार   ३ : ४१   बजे

नुवाकोट, १४ साउन । “आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी, रुन मात्र आउँछ ।”

दुई वर्षअघिको विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि मेघाङ गाउँपालिका–२ बुङताङकी टीकामाया तामाङको शरीर काम्न थाल्छ । चौथो पटकको सन्तान जन्मदै गर्दाको प्रसव पीडाले थिचिरहेका बेला भरोसा भएको एक मात्र स्वास्थ्य चौकी भत्किएर पालमा सरेको थियो । जहाँ उहाँलाई सुत्केरी हुन सजिलो थिएन ।

“सुत्केरी हुन कति गाह्रो भयो, घर जाउँ घर भत्किएको थियो, स्वास्थ्य चौकी पनि पालमा थियो, पानी परेर झन सकस भयो, कसरी ती दुःखका दिन बिते होला अहिले सम्झन खोज्दा पनि सातो जान्छ नानी” टीकामायाले विगत सम्झँदै अढाइ वर्षीय छोरालाई मुसार्दै भन्नुभयो ।

घामपानी छेक्ने घर झत्केको थियो । तीन छोरी र भर्खरै जन्मेको छोराको आमालाई त्यो समय श्रीमान्को यादले निकै सतायो । ऋणको बोझबाट मुक्त हुन उहाँका श्रीमान् भूकम्प आउनुभन्दा केही समयभन्दा पहिले मात्र विदेशिनुभएको थियो । उहाँलाई नेपाल बोलाउने अवस्था पनि भएन त्यो समय टीकामायाले सुस्केरा हाल्नुभयो ।

पालको भरमा बारीमा दिन काट्दा पानी र चिसोले छोराछोरी बिरामी हुँदा सामान्य उपचार गर्न नसक्दा केही दिन त झत्केका स्वास्थ्य चौकीतिर टोलाउनुबाहेक विकल्प थिएन ।

नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाबाट करिब २० किमी दूरीमा पर्ने बुङताङका बासिन्दाका लागि नजिकै अस्पताल भनेकै बुङताङ स्वास्थ्य चौकी नै थियो ।

भूकम्पपछि १४ अति प्रभावित जिल्लामध्येको एक नुवाकोट जिल्लाका १७ स्वास्थ्य चौकी बनाउने जिम्मा लिएको जर्मन विकास सहयोग ९जिआइजेट० ले बनाइएको आफ्नो गाउँको नयाँ स्वास्थ्य चौकी भवन देखेपछि टीकामाया मात्र होइन बुङताङका अन्य बासिन्दाको पनि हर्षको सीमा रहेन् ।

स्वास्थ्य चौकी निर्माण गरेपछि जिआइजेटले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा आउनुभएकी ६० वर्षीय शुल्कु तामाङले सामान्य पेट दुख्दा, ज्वरो आउँदाआउँदा धाएरै अन्त जानुपर्ने दुःखका दिन सकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पअघि हाम्रो अस्पताल भनेकै स्वास्थ्य चौकी नै थियो, पछि पालमा स्वास्थ्य चौकी हुँदा गर्भवती, बच्चा, वृद्धवृद्धालाई निकै गाह्रो थियो, कति औषधि पाइँदैन्थ्यो, अब त भवन बन्यो हामीलाई सजिलो हुन्छ ।”

भूकम्पको समयमा सुत्केरी हुन समस्या भएपछि १८ वर्षमै आमा बन्न लागेकी रीना सुनारलाई पनि त्यो समय सम्झन मन लाग्दैन । “सदरमुकाम गएर बच्चा जन्माए, यहाँ घर स्वास्थ्य चौकी सबै भत्किएको थियो, केही सामान थिएन, औषधि थिएन, अब नयाँ भवन बन्यो सबै सामान पनि आएको छ, अब त सजिलो हुन्छ ।”

भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जिआइजेडको आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

नयाँ स्वास्थ्य चौकीको भवन हेर्दै ७० वर्षीय फुच्ची तामाङले हाँस्दै भन्नुभयो, “घरआँगनै मै उपचार हुन्छ, हाम्रा पालमा बिरामी हुँदा पनि औषधिको मुख देख्न पाइन्थ्यो, जे होस् अहिलेका छोरीबुहारीलाई पनि बच्चा जन्माउँदा उति दुख्न खेप्न पर्दैन, जाति भयो ।”

भूकम्पका समयमा भत्केका दुई वर्ष बित्दा पनि कतिका घर बरु बनिसकेका छैनन् । तर उपचार गर्ने घर बनेपछि भने बुङताङका महिलाले सुखको अनुभव गरेको सुनाए ।

१४ वर्षदेखि बुङताङमा स्वयंसेविका रहेकी पासाङ तामाङले गाउँका धेरै महिलामा आङ खस्ने, सेतो पानी बग्ने, हातखुट्टा दुख्ने, दाँत दुख्नेलगायतका समस्या भए पनि सम्बन्धित समस्याका लागि राम्रो उपचार गर्न धाएरै सदरमुकाम जानुपर्ने अवस्था रहेको बताउनुभयो ।

नुवाकोटमा रहेका ७५ स्वास्थ्य संस्थामा ३० वटामा पूर्ण, २० वटा आंशिक क्षतिग्रस्त भएका थिए । नेपालका लागि जर्मनका कार्यवाहक राजदूत ज्याकलिन ग्रोथले भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माणको लागि जर्मन सरकारले जनाएको प्रतिबद्धताअनुसार नुवाकोट, धादिङ र रसुवामा करिब रु २० करोडको लगानीमा स्वास्थ्य संस्था निर्माण गरिएको बताउनुभयो ।

बुङताङ स्वास्थ्य चौकी रु आठ करोड ४९ लाखको लगानीमा निर्माण गरिएको हो । जिआइजेडद्वारा नवनिर्मित स्वास्थ्य चौकीको भवनमा प्रसूति, परिवार नियोजन, नेपाल सरकारबाट उपलब्ध भएका विभिन्न ३८ प्रकारका निःशुल्क औषधि, खोप कार्यक्रमलगायत स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा सञ्चालन गर्न नौ कोठाको आधुनिक संरचनामा रहेका छन् ।

नुवाकोटका प्रमुख जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले जिल्लाको साविक १६ गाविसको १७ स्थानमा निर्माण गरेको स्वास्थ्य चौकीमा जनशक्ति र उपकरण अभाव भएकाले त्यसको व्यवस्थापन मिलाउन स्वाथ्स्य मन्त्रालयमा पहल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group