ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरबी समुद्रमा डुबेको लाइबेरियन जहाजबाट तेल र रसायन चुहावटको चिन्ता


abc news
१३ जेष्ठ २०८२, मंगलबार   ११ : १६   बजे

काठमाडौ १३ जेठ । भारतको केरला राज्य नजिकै अरबी समुद्रमा लाइबेरियाको मालवाहक जहाज एमएससी ईएलएसए–३ डुबेपछि तेल र रसायन चुहावटका कारण तटीय क्षेत्रहरूमा उच्च सतर्कता जारी गरिएको छ ।

डुबेको जहाजबाट फर्नेस आयल र डिजेल चुहिएको आशङ्का गरिएको बीबीसीले जनाएको छ । जसले सामुद्रिक वातावरणमा गम्भीर असर पार्न सक्छ । दक्षिण–पश्चिम मनसुनको प्रभावका कारण क्षतिको यथार्थ मूल्याङ्कन तत्काल गर्न नसकिएको खबरमा उल्लेख छ ।

जहाजमा कुल ६ सय ४३ कन्टेनर लोड गरिएको थियो, जसमा १३ कन्टेनरमा क्याल्सियम कार्बाइड नामक रसायन पदार्थ थियो । यो रसायनबाट एसिटिलीन ग्यास उत्सर्जन हुने भएकाले थप जोखिम पैदा भएको छ ।

त्यसैगरी जहाजमा ८४ दशमलव ४४ मेट्रिक टन डिजेल र तीन सय ६७ दशमलव १ मेट्रिक टन फर्नेस आयल पनि लोड गरिएको थियो । यी इन्धन समुद्रमा फैलिनु मानव स्वास्थ्य र सामुद्रिक जीवन दुवैका लागि गम्भीर सङ्कट बन्न सक्ने चेतावनी दिइएको छ ।

अहिले तटीय सुरक्षाकर्मी र वातावरणीय निकायहरूले घटनास्थल नजिक निगरानी बढाएका छन् । भारतको केन्द्रीय तथा राज्य सरकारबीच समन्वय गर्दै आवश्यक काम भइरहेको छ । पर्यावरणविद्हरूले यस्ता घटनाहरूबाट सामुद्रिक पारिस्थितिकी चक्रमा दीर्घकालीन असर पर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu