ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेङ्गलुरु भागदौड प्रकरण, कर्नाटक राज्य क्रिकेट सङ्घका वरिष्ठ अधिकारीहरूले राजीनामा दिए


abc news
२४ जेष्ठ २०८२, शनिबार   ३ : ४४   बजे

काठमाठौ २४ जेठ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट २०२५ को विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० को उत्सवका क्रममा भएको भागदौड घटनामा कर्नाटक राज्य क्रिकेट सङ्घ ९केएससीए० का वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् ।

विजय उत्सवका क्रममा गएको बुधवार भएको भागदौडको नैतिक जिम्मेवारी लिँदै केएससीएका सचिव ए शङ्कर र कोषाध्यक्ष ईएस जयरामले राजीनामा दिएका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । उनीहरूले कर्नाटक राज्य क्रिकेट सङ्घका अध्यक्ष रघुराम भट्टलाई राजीनामा पत्र बुझाएका हुन् ।

गएको बुधवार बेङ्गलुरु प्रहरीले आरसीबी फ्रेन्चाइजीविरुद्ध पहिलो सूचना रिपोर्ट ९एफआईआर० दर्ता गरेको थियो । एफआईआरमा प्रहरीले आरसीबीलाई एम चिन्नास्वामी रङ्गशालामा कार्यक्रम आयोजना गर्न अनुमति नदिएको र त्यहीँ भागदौड मच्चिएको बताएको खबरमा उल्लेख छ ।

एफआईआरमा आरसीबीलाई पहिलो अभियुक्त बनाइएको छ । यस्तै आरसीबीको कार्यक्रम साझेदार डीएनए इन्टरटेनमेन्ट र रङ्गशाला सञ्चालन गर्ने केएससीएलाई पनि अभियुक्त बनाइएको छ ।

आरसीबीले १८ वर्षपछि पहिलो पटक आईपीएल जितेको खुशीमा भएको उत्सवका क्रममा चिन्नास्वामी रङ्गशालाबाहिर भएको भागदौडमा ११ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group