ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियामा १६ वर्षमुनिकाले युट्युब चलाउन नपाउने


abc news
१४ श्रावण २०८२, बुधबार   ४ : ४७   बजे

काठमाडौ १४ साउन । अस्ट्रेलियामा १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब पनि प्रतिबन्ध हुने भएको छ । अस्ट्रेलियाली सरकारले किशोरकिशोरीहरूका लागि अब युट्युबलाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा समावेश गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

शिक्षक र विद्यार्थीहरूमाझ निकै लोकप्रिय भएकोले अस्ट्रेलिया सरकारले पहिले युट्युबलाई प्रतिबन्धबाट छुट दिएको थियो ।

अस्ट्रेलियामा किशोरकिशोरीहरूका लागि प्रतिबन्ध लाग्ने अन्य सामाजिक सञ्जालहरूमा टिकटक, इन्स्टाग्राम, फेसबुक, एक्स र स्न्यापच्याट छन् । सरकारका अनुसार ३७ प्रतिशत किशोरकिशोरीहरूले युट्युबमा हानिकारक सामग्री हेर्ने गरेका कारण यो कदम चालिएको हो ।

प्रतिबन्ध अन्तर्गत किशोरकिशोरीहरूले अझै पनि युट्युब भिडियोहरू हेर्न सक्षम हुनेछन् तर सामग्री अपलोड गर्न र प्लेटफर्ममा अन्तरक्रिया गर्न खाता खोल्न अनुमति पाउने छैनन् ।

गूगलको स्वामित्वमा रहेको युट्युबले भने युवा अस्ट्रेलियालीहरूलाई फाइदा र मूल्य प्रदान गर्ने प्लेटफर्म भएकोले यसलाई बालबालिकाका लागि प्रतिबन्ध लगाउन नहुने भन्ने तर्क गरेको थियो । यस्तै युट्युबले आफूलाई सामाजिक सञ्जाल नभएको बताएको छ ।

अस्ट्रेलियाको कानूनलाई विश्व नेताहरूले ठूलो चासोका साथ हेरिरहेका छन्, नर्वेले यस्तै प्रतिबन्धको घोषणा गरेको छ र बेलायतले पनि त्यसैलाई पछ्याउने विचार गरिरहेको बताएको छ ।

अस्ट्रेलियाली सरकारको यो निर्णयपछि युट्युब र यसको मातृ कम्पनी अल्फाबेटबीच नयाँ द्वन्द्व शुरू हुन सक्ने खबरमा उल्लेख छ । यो प्रतिबन्ध आउँदो डिसेम्बरदेखि लागू हुनेछ ।

यदि सामाजिक सञ्जाल कम्पनीहरूले निर्धारित मापदण्डहरू पालना नगरे उनीहरूले ४ करोड ९५ लाख अस्ट्रेलियाली डलरसम्म जरिवाना तिर्नुपर्ने हुन सक्ने सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu