ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले ‘ट्रान्सजेन्डर’ महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगायो


abc news
२० श्रावण २०८२, मंगलबार   ३ : ४०   बजे

काठमाडौ २० साउन । अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९यूएससीआईएस० ले महिला खेलकुदमा प्रतिस्पर्धा गर्न चाहने ट्रान्सजेन्डर महिलाहरूको भिसा योग्यता सीमित गर्न आफ्नो आप्रवासन नीति अद्यावधिक गरेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । महिला खेलकुदमा महिला खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्ने कुरा सुनिश्चित गर्नु यो नियमको उद्देश्य हो ।

पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशका आधारमा यो नयाँ नीति आएको हो । यस अनुसार आफ्नो लिङ्ग पहिचान परिवर्तन गरेका पुरुष खेलाडीहरूले महिला खेलकुदमा सहभागी हुन अमेरिका प्रवेश गर्न अनुमति पाउने छैनन् ।

अमेरिकाको ओलम्पिक तथा प्याराओलम्पिक समितिले गएको महिना राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशसँग मिल्दोजुल्दो नीति अद्यावधिक गरेको थियो । यसमा ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्नबाट रोक लगाइएको छ ।

ट्रम्पले गएको फेब्रुअरीमा पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । यो निर्देशनले निष्पक्षता पुनर्स्थापित गर्ने समर्थकहरूले बताएका थिए तर आलोचकहरूले खेलाडीहरूको सानो अल्पसङ्ख्यकको अधिकार हनन गर्ने तर्क गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu