ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयमतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन


एबीसी न्यूज
२२ आश्विन २०८२, बुधबार   १२ : २४   बजे

काठमाडौं, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले हाल मुलुकमा विकसित राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

आयोगले जेनजी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिहरूबाट शान्ति–सुरक्षामा पार्न सक्ने सम्भावित प्रभावप्रति चिन्ता व्यक्त गरेको छ । आयोगले विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूबाट अभिव्यक्त विचारले मानव अधिकारको उपभोगमा अवरोध आउन सक्ने अवस्था देखिएकाले त्यसलाई गम्भीरतापूर्वक लिएको पनि बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।आयोगका अनुसार हिंसात्मक गतिविधि, अरू व्यक्तिलाई लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण नै धुमिल हुने जोखिम रहेको छ । आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासन कायम गर्नुपर्ने र सामाजिक सद्भाव बचाइ जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत संक्रमणकालीन अवस्थाको निकास खोज्नु राज्य र नागरिक दुवैको दायित्व भएको उल्लेख गरेको छ ।आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ुविकसित परिस्थितिमा शान्ति–सुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।

साथै आयोगले विभिन्न समूह र राजनीतिक दलहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, अरू प्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै उद्धार

भारतले नेपाल पठायो ‘टनेल रेस्क्यु’ टोली, १० टन राहत सामग्री पनि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै उद्धार

भारतले नेपाल पठायो ‘टनेल रेस्क्यु’ टोली, १० टन राहत सामग्री पनि

US-Canada Trade War Escalates, Recession Fears Grow

Ebola Outbreak Expands in DRC, Reaching Two New Health Zones

Progressive Patriotism: Reconciling Love Of Country With Universal Values

Liberal Press Defended Role in Jason Arday’s Death, Critics Say

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu