ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को हुन पाकिस्तानका नयाँ प्रधानमन्त्री अब्बासी ?


admin
१८ श्रावण २०७४, बुधबार   ९ : ०५   बजे

पाकिस्तान, १७ साउन । पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासी मङ्गलबार प्रधानमन्त्री निर्वाचित हुनुभएको छ ।

पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले गत शुक्रबार राजीनामा दिनुभएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा आज निर्वाचन भएको थियो ।

अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा २२१ मत प्राप्त भएको थियो ।

प्रधानमन्त्रीका लागि विभिन्न छ जनाको उम्मेदवारी रहेकोमा प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका सैयद नभीद कमार उहाँको प्रतिस्पर्धि रहनु भयो । कमारले जम्मा ४७ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी पाकिस्तान तेहरिक–ए–इन्साफका शेख रसिद अहमद ले ३३ मत प्राप्त गर्नुभएको थियो भने जमाते ए इश्लामीका शाहिवजादा तरिक उल्लाहले जम्मा चार मत प्राप्त गर्नुभएको थियो ।

शरीफले आफ्नै भाई शहवाज सरीफलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई उहाँको पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन)ले स्वीकार गरेपछि हाललाई अन्तरिम प्रधानमन्त्रीका रूपमा सत्ताधारी दलले सरीफका विश्वासपात्र पूर्व पेट्रोलियम मन्त्री शहीद खकान अब्बासीलाई अघि सारेको छ । शहवाज नेशनल एसेम्लीको सदस्यमा निर्वाचित भएपछि अब्बासीले राजीनामा दिने र उहाँको ठाउँमा प्रधानमन्त्री बनाई सरीफका भाई शहवाजलाई ल्याउने सत्ताधारी दलको योजना रहेको छ ।

अब्बासी अन्तरिम प्रधानमन्त्री निर्वाचित बनेपछि उहाँलाई प्रतिपक्षी दलका सदस्यलेसमेत बधाई दिएका छन् । उहाँले मङ्गलबार साँझ नै एक कार्यक्रमबीच सपथ लिनु एएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu