ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खडेरीका कारण लाखौँ सोमालियाली विस्थापित


admin
१८ श्रावण २०७४, बुधबार   ९ : १२   बजे

सोमालिया, १८ साउन । सोमालियामा खडेरीका कारण विस्थापित वन्ने सोमालियाली नागरिकको सङ्ख्या सात लाख ६६ हजार ४६७ पुगेको मङ्गलबार संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने संस्था (ओसिएचए) ले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “ विस्थापितमध्ये सबैभन्दा धेरै सोमालियाली नागरिक अर्थात् एक लाख ७७ हजार व्यक्तिलाई बायोडोआस्थित विभिन्न बस्तीहरूमा राखिएको छ भने एक लाख ६१ हजार मानिस मोगादिशुका विभिन्न वस्तीमा शरण लिइरहेका छन् ।

विस्थापित नागरिकलाई वास र गैर खाद्यान्न सामग्रीको आवश्यकता परेको छ । लगातार विस्थापित जनसङ्ख्यालाई खाद्यान्न तथा पोषणजन्य सामग्रीको आवश्यकता रहेको पनि ओसिएचएको सोमबार सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।

विस्थापितमध्ये बेबाट एक लाख ९७ हजार, लोअर साबेलेबाट एक लाख ३९ हजार, मुदुगबाट एक लाख र सुल क्षेत्रबाट ६० हजार नागरिक रहेको उनीहरू खडेरीबाट नराम्ररी प्रभावित बनेका राष्ट्रसङ्घको ठहर छ ।

त्यसैगरी झण्डै एघार लाख नागरिक विस्थापित हुने अवस्थामा रहेका पनि बताइएको छ ।

विस्थापित बनेर ठूलो सङ्ख्यामा राष्ट्रसङ्घको शिविरमा पुगेका नागरिकलाई खानेपानी, औषधि, खाद्यान्न, लुगाफाटो र चर्पीजस्ता सामान्य आवश्यकतालाई पनि पुरा गर्न धौ धौ पर्ने गरेको पनि देखिएको राष्ट्रसङ्घका प्रतिनिधिले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu