ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटा पनि सार्वजनिक शौचालय नभएको दोस्रो व्यापारिक केन्द्र


एबीसी न्यूज
२४ चैत्र २०७४, शनिबार   ९ : १२   बजे

उर्लाबारी, मोरङ, २४ चैत ।  विसं २०६८ चैत २८ गते उर्लाबारी खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि हालसम्म नगरमा एउटै व्यवस्थित सार्वजनिक शौचालय छैन ।

जिल्लामा विराटनगरपछि दोस्रो ठूलो व्यापारिक केन्द्र उर्लाबारीमा एउटै व्यवस्थित सार्वजनिक शौचालय नहुँदा नगरका व्यापारी तथा सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ । विसं २०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा मुख्य चोकमा एउटा सार्वजनिक शौचालय निर्माण गरिए तापनि हाल जीर्ण छ । सो शौचालयको पुनःनिर्माणमा कसैले ध्यान नदिँदा भित्ता र ढोका भत्किएको छ भने छानामा रहेको टिन पनि चुहिन्छ ।

पूर्वी मोरङकै केन्द्र उर्लाबारी नगरपालिकामा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुनु दुःखद् भएको स्थानीय व्यापारी बताउँछन् । मोरङ, रतुवामाई नगरपालिकाबाट व्यापारिक कामले उर्लाबारी आउनुभएका जीवन भण्डारीलाई उर्लाबारी ओर्लनेबित्तिकै पिसाबले च्यायो  तर कतै शौचालय नभेटेपछि बल्लतल्ल एउटा घरमा छिरेर उहाँले समस्या सुल्झाउनुभयो । “यति ठूलो नगरमा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुनु लाजलाग्दो कुरा हो”, भण्डारीले भन्नुभयो ।

तत्कालीन उर्लाबारी गाविस रहेको अवस्थामा खुला दिसामुक्त घोषणा गरिएपछि गाविस र प्लान नेपालको सहयोगमा एउटा घुम्ती शौचालय सञ्चालनमा ल्याइएको थियो । उक्त शौचालय दिनभर सार्वजनिकस्थलमा राखिन्थ्यो तर खुला दिसामुक्त क्षेत्र घोषणा समितिको तीनवर्षीय कार्यकाल सकिएपछि तत्कालीन गाविसलाई घुम्ती शौचालय हस्तान्तरण गरिए पनि गाविसले व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्दा अहिले बेवारिसे बनेको खुला दिसामुक्त क्षेत्र घोषणा समितिका अध्यक्ष महेन्द्रजङ्ग तामाङ बताउनुहुन्छ ।

उर्लाबारीमा दैनिक धेरै सवारी साधन ओहोरदोहोर गर्छन् । उत्तरी र दक्षिणी मोरङमा यहाँबाटै दैनिक उपभोग्य सामान जाने हुँदा किनमेल गर्न आउनेको यहाँ भीड लाग्छ । पछिल्लो समय तीव्र शहरीकरण भएको उर्लाबारी नगरपालिकामा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्नेले सास्ती भोगिरहेका छन् । नगरपालिकाले आवश्यक स्थानमा व्यवस्थित सार्वजनिक शौचालय नबनाउँदा बटुवा र लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन् । नगरको मुख्य चोक, मंगलबारे, आइतबारे, बरगाछीलगायत स्थानमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा समस्या हुने गरेको छ । यो समस्या महिलालाई बढी छ ।

स्थानीय व्यापारी मुना ढकाल भन्नुहुन्छ, “पुरुषलाई बरु सजिलो छ, हामी महिलालाई सार्वजनिक शौचालयसमेत नहुँदा दिसापिसाबका लागि ठूलो समस्या हुने गरेको छ ।” उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) नगरमा व्यवस्थित सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिका कार्यालयसँग पहल गरिरहेको बताउनुहुन्छ । सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिका कार्यालयसँग विभिन्न चरणमा छलफल गरिए पनि उपयुक्त जग्गाको अभावमा निर्माण गर्न नसकिएको उहाँले सुनाउनुभयो ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागो नगरपालिका कार्यालय एउटा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा रहे पनि सार्वजनिक जग्गा नहुँदा समस्या भएको बताउनुहुन्छ । “मुख्य चोकमा रहेको सार्वजनिक शौचालय पनि नेपाल बैंक लिमिटेडको जग्गामा रहेकाले व्यवस्थित बनाउन नसकिएको हो”, नगर प्रमुख फागोले भन्नुभयो, “जग्गा प्राप्त हुनेबित्तिकै शौचालय निर्माण शुरु हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘Moderates’ in Democratic Party Face Growing Criticism for Supporting Status Quo

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

Social Security Turns 91 Amid Calls for Program Preservation

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि १५ करोड बजेट, कार्यविधि अर्थ मन्त्रालयमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu