ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको गन्तव्यस्थल बन्दै रामपुरको ‘शान्तिदीप पार्क’


admin
१८ श्रावण २०७४, बुधबार   ९ : ३४   बजे

पाल्पा, १८ साउन । प्रकृतिले नै उपहारस्वरुप दिएको रामपुरको ‘शान्तिदीप पार्क’ अहिले पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बन्न थालेको हो ।

कालीगण्डकी नदी नजिकै रहेको रामपुर नगरपालिका–४ खोप्टारमा रहेको रानीवन तथा वडवान सामुदायिक वन क्षेत्रभित्र पर्ने यस पार्कमा हरियाली घाँसे मैदान र वनजंगलले यसको सुन्दरता बढाउनुका साथै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।

अति सुन्दर, शान्त र रमणीय वातावरण, वनजंगल, खोलानाला, घाँसेमैदान यी अथाह प्राकृतिक रुपमा आफैँ मिलेको यस शान्तिदीप पार्कमा पुग्ने जो कोही पनि प्रकृतिसँग रमाउन पुग्छन् । पार्कभित्र निर्मित चौतारीमा बसेर यहाँ आउने पर्यटक उत्तर दिशाबाट बगिरहेको पवित्र कालीगण्डकी नदी, दक्षिण दिशाबाट उत्तरतर्फ पार्कलाई घेरेर बगेको अधेँरी खोलाको दृश्य, डाँडाकाँडासहितको भौगोलिक भुवनोट, कालीगण्डकी करिडोरले घेरेको यस क्षेत्रको सुन्दर, मनमोहक वातावरणमा रम्न र रमाउन आउनेको जमात बढ्दो छ ।

पछिल्लो समय दिनहुँ ५० देखि १०० जनाको हाराहारीमा पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गर्छन् । पार्क क्षेत्रभित्र कतै निम्न, कतै मध्यम र कतै उच्च भूभाग रहेकाले पनि विशेष गरी यो क्षेत्र प्रेम जोडीका लागि एकान्तको स्थल पनि बनेको छ ।

यहीँबाट कालीगण्डकी बगेको दृश्य अवलोकन गर्दै मनमा अनेकौँ प्राकृतिक छटासँग लडिबुडी गर्दै मनलाई एकाग्र र प्रफुल्लित पार्न विशेष गरी युवापुस्ताको आगमन बाक्लो देखिन्छ । कालीगण्डकी करिडोरले घेरेको हुँदा पनि यो पार्क अहिले रामपुर क्षेत्रको विशेष आकर्षण बनेको छ ।

रानीवन तथा बडवान सामुदायिक वन समूहका उपभोक्ता एवं यहाँका स्थानीयवासीले पर्यटन प्रवद्र्धनमा जुटी भौतिक पूर्वाधार निर्माणका कार्यलाई अहिले अगाडि बढाउँदै गएका छन् । चिसो हावापानी, हेर्दै आकर्षक रुपमा मनै लोभ्याउने प्राकृतिक दृश्यले यस पार्कलाई एउटा कुनाबाट नियाल्दा देखिने सुन्दरताले सबैलाई आनन्दित बनाइरहेको हुन्छ ।

झण्डै ५५ रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कमा प्रशस्त भौतिक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना छ । विगत दुई वर्ष अगाडिदेखि पार्कको पर्यटन प्रवद्र्धनका लागि यहाँका वन समूहका उपभोक्ता र स्थानीयवासी पर्यटन विकासमा अगाडि बढेका हुन् ।

यहाँ फूलबारी, पार्क तारबार निर्माण, प्रवेशद्वार, आरामस्थल, शहिद लखन थापाको शालिक निर्माण गरिएको छ । निकट भविष्यमा पर्यटकीय क्षेत्रको विकासका लागि जंगल चिडिया खाना, माछा पोखरी, पौडी पोखरी, पानीको छहरा, फोहरा, पानी फोहरा, छहरा हेर्ने पुल, कालीगण्डकी बेँसीको दृश्यावलोकनका लागि भ्यु टावर, बाल उद्यान निर्माण गर्ने योजनाका साथ कामलाई अगाडि बढाउँदै लगेको पार्क निर्माण समिति एवं वन समूहका अध्यक्ष हमिद अलिमियाँ बताउनुहुन्छ ।

साथै, यस क्षेत्रमा वनभोज स्थल, शीतल कटेज, कार्यालय भवन, मन्दिर, माई थान, गाडी पार्कस्थल, बाहिरी घेराबार, पैदल बाटो, खानेपानी धारा, तालीम हल, शाकाहारी जलपान, सुक्खा खाना पसल, शौचालय, प्रतिक्षालय स्टेज, बराजु थान, पारिङ्गे थान, स्थानीय शहिद सूर्यप्रसाद घिमिरेको शालिक निर्माण, मगर समुदायको संस्कृति झल्कने खालको संग्रहालयलगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण गरेर नेपालकै एक नमूना पर्यटकीय क्षेत्रका रुपमा चिनाउने कसरतमा लागेको अध्यक्ष अलिमियाँले बताउनुभयो ।

यसको पर्यटकीय विकासका निम्ति वन समूहका उपभोक्ता र स्थानीयवासीको पहलमा जिल्ला वन कार्यालयमार्फत ‘एक नगर एक उद्यान’ कार्यक्रमअन्तर्गत आव २०७१÷०७२ मा रु आठ लाख १७ हजार, भूसंरक्षण कार्यालय, पाल्पाबाट भल, पहिरो नियन्त्रण तथा रोकथामका लागि १५ थान जालीलगायत विभिन्न क्षेत्रबाट सामग्री सहयोग प्राप्त भइरहेको सचिव देवबहादुर ठाडाले बताउनुभयो ।

पार्क नजिकै हरियाली जंगल रहेको हँुदा पनि जंगल चिडियाखाना सञ्चालन गर्नसकेको खण्डमा प्रशस्त आम्दानी भित्रिने छ ।

कालीगण्डकी बेँशीका पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपरासीको उपत्यकाका रुपमा रहेको रामपुर क्षेत्रको पर्यटन विस्तारमा शान्तिदीप पार्क दरिलो खम्बा बन्नेछ । यहाँको भौतिक पूर्वाधार विकास गरेर दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रने प्रशस्त सम्भावना छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group