ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्तिजन्य पदार्थ सेवनमा कडाई


admin
२४ चैत्र २०७४, शनिबार   ३ : ५०   बजे

काठमाडौं, २४ चैत । सार्वजनिक क्षेत्रमा सूर्तिजन्य पदार्थको पूर्ण नियन्त्रण गर्न सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ जारी भएको छ । ऐन जारी भएपछि सूर्तिजन्य पदार्थको सेवन गर्नु कानुन विपरित हो ।

ऐनले गरेको अर्काे व्यवस्था अनुसार सार्वजनिक क्षेत्रमा सूर्तिजन्य पदार्थ लैजान समेत प्रतिबन्ध लगाएको छ, सोही व्यवस्था अनुसार स्वास्थ्य मन्त्रालयले मन्त्रालय प्रवेश गर्दा समेत सूर्तिजन्य पदार्थ लैजान पूर्ण रुपमा बन्देज लगाएको छ । ।

मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक सूर्तिजन्य वस्तुको उपभोगलाई नियन्त्रण गर्न सरकारले २०६८ मा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ जारी गरेको छ । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ बमोजिम सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ ।सरकारले ऐन नै बनाएर कानुन जारी गरेपछि सूर्तिजन्य पर्दाथ सेवनमा केही सुधार त आएको छ ।

तर पर्याप्त सुधार हुन भने अझ सकेको छैन । मानवीय आचरणसंग सिधा जोडिएको विषय भएका कारण पनि यसलाई प्रभावकारी कार्यान्वयन हुन नसकेको सत्य नै हो । यही सत्यताकै कारण सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ५ अनुसार सार्वजनिक निकायलाई सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ । सोही ऐनको कार्यान्वनय गर्न भन्दै मन्त्रालयमा सूर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी गतिविधि अघि बढाइएको छ ।स्वास्थ्य मन्त्रालय परिसरमा सूर्तिजन्य पदार्थको प्रयोग गर्न मात्रै नभई खल्तीमा बोकेरै जान पनि प्रतिवन्ध लगाइएको हो ।

सूर्तिजन्य पदार्थको खान तलासी गर्न गेटमा बसेका सुरक्षाकर्मीले बुधबार मात्रै मन्त्रालय प्रवेश गरेका कर्मचारी तथा सेवाग्राहीबाट ५ प्याकेट चुरोट र १५ प्याकेट सूर्ति फेला पारेका छन् । उनीहरुलाई सुरक्षाकर्मीले गेटमा राखेको बाल्टीमा सूर्तिजन्य पदार्थ फ्याँकेर मात्रै मन्त्रालय प्रवेश गर्न दिइएको छ ।

नीतिको कार्यान्वयन आफैबाट सुरु गर्ने भन्दै गत साता स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्तिजन्य पदार्थ बोकेर मन्त्रालय छिर्न नपाउने उदघोष गर्नुभएको थियो । प्रहरीले सर्वसाधारण देखि मन्त्रालयका कर्मचारीलाई समेत खानतलासी लिने गरेको छ । त्यसका लागि मन्त्रालयले दुई दुई जना गरी पुरुष र महिला प्रहरीलाई मुल गेटमा खटाएको छ । पुरुषहरुलाई पुरुष प्रहरीले र महिलाहरुको लागि महिला प्रहरीले खान तलासी लिने गरेको छ ।

मन्त्रालयले थालेको कदमले सार्वजनिक स्थानमा हुने यस्ता कानुन विपरित व्यवहारमा सुधार ल्याउन बल मिलेको छ भने कानुन कार्यान्वयनमा पनि बल मिलेको छ । कानुन निर्माण मात्रै गरेर होइन व्यवहारमा लागु हुनुपर्छ भन्ने तथ्य पनि पुष्टि भएकोल सूर्तिजन्य पदार्थ सेवनमा नियन्त्रण गर्न राज्य अझै निर्मम बन्नै पर्ला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group