ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड


एबीसी न्यूज
१३ चैत्र २०८२, शुक्रबार   ११ : ०३   बजे

बाग्लुङ, १३ चैत्र । बाग्लुङको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिका मन्दिर मा आज राम नवमी को अवसरमा भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ।

विशेषगरी बडा दशैं र चैते दशैंमा यहाँ दर्शनार्थीहरूको अत्याधिक चाप हुने गरेको छ। ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बाग्लुङ कालिका मन्दिरमा वर्षभरि नै भक्तजनहरूको आवतजावत भइरहे पनि पर्व–विशेषमा यहाँ भीडभाड झनै बढ्ने गर्दछ।

आज राम नवमीको दिन मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन लागेको देखिएको छ। कालिका मातामा आस्था राखी शुद्ध मनले मागेमा चिताएको वर प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण देशका विभिन्न जिल्लासहित भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू यहाँ आउने गरेका छन्।

मन्दिर व्यवस्थापन गर्दै आएको कालिका भगवती गुठी संस्थान ले हरेक वर्ष चैत्र अष्टमीका अवसरमा चैत्राष्टमी मेला तथा चैते दशैं मेला आयोजना गर्ने गर्दछ। मेलाका क्रममा धार्मिक अनुष्ठान, पूजाआजा , खेलकुद, सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन हुने गरेका छन्।

पछिल्लो समय धार्मिक पर्यटनको आकर्षण बढ्दै जाँदा बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको संख्या वर्षेनी बढ्दो क्रममा रहेको छ। धार्मिक आस्था र पर्यटनको केन्द्र बनेको बाग्लुङ कालिका मन्दिर यतिबेला श्रद्धालुहरूले भरिभराउ बनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu