ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग बृहत् सम्झौता चाहन्छौँ : इरान


abc news
२३ बैशाख २०८३, बुधबार   ५ : १७   बजे

काठमाडौं, २३ वैशाख । इरानले अमेरिकासँगको वार्तामा ‘बृहत् सम्झौता’ चाहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा ठूलो प्रगति भएको दाबी गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्बन्धमा ‘निष्पक्ष र व्यापक सम्झौता’ मात्र स्वीकार गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिनियाँ समकक्षी वाङ यीसँगको भेटपछि अराघचीले इरानले वार्तामा आफ्ना वैध अधिकार र हितहरूको रक्षा गर्न सक्दो प्रयास गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा अलपत्र परेको जहाजहरूलाई गन्तव्यमा पठाउन सैन्य कारबाही रोक्ने प्रस्तावबारे इरानी विदेशमन्त्री अराघचीले कुनै प्रतिक्रिया दिनु भएन ।

सामाजिक सञ्जालको एक पोस्टमा ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिन सकिन्छ कि सकिँदैन भनेर हेर्नका लागि थोरै समयका लागि सैन्य कारबाही रोक्ने उल्लेख गर्नुभएको छ । यद्दपि उहाँले इरानका बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताउनुभएको छ ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि द्वन्द्व शुरू भएयता हर्मुज जलमार्ग लगभग बन्द छ । हर्मुज अवरुद्ध हुँदा विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति प्रभावित भएको छ र विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group