ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रने युद्ध चाँडै समाप्त हुने पुटिनको संकेत


एबीसी न्यूज
२७ बैशाख २०८३, आइतबार   ७ : १५   बजे

काठमाडौं, २७ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध चाँडै समाप्त हुनसक्ने संकेत गरेका छन्।रुसको ‘विजय दिवस’ परेड मनाएपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले भने, ‘मलाई लाग्छ कि यो विषय अब अन्त्यतिर आउँदै छ।’युक्रेनलाई पश्चिमा देशहरूले दिइरहेको सहयोगले सीमा नाघेको हो कि भन्ने प्रश्नको जवाफमा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘उनीहरूले रुससँगको टकराव बढाउन सुरु गरे, जुन आजसम्म जारी छ।

मलाई लाग्छ यो अन्त्यतिर जाँदैछ, तर यो अझैपनि गम्भीर विषय हो,’ पुटिनले भने।रुस र युक्रेनबीच तीनदिने युद्धविराम चलिरहेको बेला पुटिनको यो टिप्पणी आएको हो। दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत संघले नाजी जर्मनीलाई पराजित गरेको सम्झनामा रुसको विजय दिवस मनाइन्छ।

शनिबारको परेडमा रुसका नजिकका सहयोगी राष्ट्रका नेताहरू मात्र सहभागी थिए। झन्डै दुई दशकमा पहिलोपटक कुनैपनि सैन्य हतियार प्रदर्शन गरिएको थिएन।रुस र युक्रेनबीच तीनदिने युद्धविराम भएको छ। यो युद्धविरामको घोषणा शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि गरेका थिए।युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले बिहीबार उपयुक्त समय आएपछि रुस र युक्रेनसँग छुट्टाछुट्टै वार्ता गर्न युरोपेली संघ तयार रहेको बताएका थिए। पत्रकार सम्मेलनमा पुटिनलाई युरोपेली संघले भनेको वार्ताका लागि उनको रोजाइका मध्यस्थकर्ताको नाम सोधिएको थियो। उनले जर्मनीका पूर्वचान्सलर गेरहार्ड श्रोडरको नाम लिए।

श्रोडर पुटिनका सबैभन्दा नजिकका पश्चिमा सहयोगी तथा लामो समयदेखिका व्यक्तिगत मित्र हुन्। तर, जर्मनीमा उनको कडा आलोचना हुने गरेको छ।

पुटिनले युरोपेली संघमाथि द्वन्द्व बढाउन खोजेको आरोप पनि लगाए। युरोपेली संघलाई चेतावनी दिँदै उनले भने, ‘यो खेल महँगो साबित हुन सक्छ।’ युक्रेनले युरोपबाट अझै पनि ठूलो मात्रामा सहयोग, विशेष गरी उपकरण र प्रविधि प्राप्त गरिरहेको छ।

यो हप्ताको अमेरिकी नेतृत्वको शान्ति सम्झौताको हिस्साका रूपमा दुवै पक्ष ठूलो संख्यामा कैदीहरूको आदानप्रदान गर्न सहमत भएका थिए। तर पुटिनले यस विषयमा रुसले युक्रेनबाट कुनै प्रतिक्रिया नपाएको बताएका छन्।

‘हामी अमेरिकाका राष्ट्रपतिले गरेको प्रस्तावमा युक्रेनी पक्षले प्रतिक्रिया दिने अपेक्षा गरिरहेका छौँ। दुर्भाग्यवश, हामीले अहिलेसम्म कुनै प्रस्ताव प्राप्त गरेका छैनौँ,’ उनले भने।

पुटिनले आफू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष शान्तिवार्ताका लागि तयार रहेको, तर त्यो स्थायी शान्ति सम्झौतापछि मात्र सम्भव हुने बताए। रुसी राष्ट्रपतिले इरान युद्धको विषयमा पनि चर्चा गरेका छन्। उनले यो युद्ध जतिसक्दो चाँडो अन्त्य हुने आशा व्यक्त गर्दै अन्यथा सबैले नोक्सानी बेहोर्नुपर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group