ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्ला र बाजुराको सीमा विवादले तीन दिनदेखि रानीसैनमा तनाव, राज्यको बेवास्ता


एबीसी न्यूज
८ जेष्ठ २०८३, शुक्रबार   ८ : ५१   बजे

काठमाडौं, ८ जेठ । बाजुरा र हुम्ला दुई जिल्लाको सीमा विवादले उग्र रुप लिएपछि तीन दिनदेखि तनावग्रस्त बनेको छ। बाजुरा र हुम्लाको सीमा क्षेत्र रानीसैन–लाम्पाटा च्याचौर क्षेत्रमा उत्पन्न सिमाना विवाद हिंसात्मक बनेपछि ६ जना गम्भीर घाइते भएर हेलिकोप्टरबाट उद्धार नै गर्नुपर्‍यो।

सीमा क्षेत्र लाम्पाटामा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी स्थापनाका लागि भवन निर्माणको काम अघि बढाएपछि उक्त क्षेत्र हुम्लामा पर्ने भन्दै विवाद बढेको थियो। साइपालको आधार शिविर रानीसैन जान लागेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको सर्केगाडको रिपगाउँ र खार्पुनाथका राय, थालीगाउँका युवाहरूको समूहले आक्रमण गरेपछि स्थिति तनावपूर्ण बन्यो।

कुटपिटबाट घाइते भएका वडा सदस्यसमेत रहेका हिमाली– ३, लाम्पाटाका पेमा गाराप गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, सोही वडाको गुम्बा गाउँका नरबहादुर गुरुङ र मीनु कुँवरलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो। स्थानीयको कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि घाइते भएका छन्।

घटना मंगलबार बिहान साढे १० बजेतिरको भएपनि ढिलो गरी बाहिरिएको हो। घटनास्थल र नजिकको गुम्बा गाउँमा फोन लाग्दैन। करिब आधा दिन पैदल हिँडेर वडा नम्बर ३ को बौडी भन्ने ठाउँमा पुगेपछि मात्र फोनले काम गर्छ। जसका कारण दुई जिल्लाको सीमा विवाद एक दिनपछि मात्रै बुधबार बाहिरिएको हो।

साइपाल जान लागेको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालको टोलीलाई पनि युवा समूहले लखेटेको थियो। हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ३६ जनाको टोली रानीसैनको पर्यटन प्रवद्र्धनका लागि रानीसैन बहस गर्न भनेर त्यसतर्फ जाँदै थियो। तर, हुम्लाको खार्पुनाथ र सर्केगाडका तीनवटा गाउँबाट करिब डेढ सय संख्यामा रहेको टोलीले सबैलाई लखेटेको भिडिओ सार्वजनिक भएको छ।

हुम्ला र बाजुराको सीमा विवादको घटनाले संसदमा पनि प्रवेश पाएको छ। सांसद केपी खनालले हुम्ला र बाजुराको सीमा रानीसिंह क्षेत्रको विवादका कारण धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहमाथि दुव्र्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

बाजुराका नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यो घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। उनले प्रहरीको अस्थायी चौकी समेत बनाउन केही अराजक जत्थाले अवरोध गरेको जिकिर गरे।

त्यस्तै, हुम्लाका नेपाली कांग्रेसका सांसद जयपती रोकायाले बाजुराले कर्णाली राजमार्ग अवरुद्ध गरेको आरोप लगाए। राष्ट्रिय राजमार्ग नै बन्द गरेर जनतालाई सास्ती दिइएको उनको भनाई छ। सीमा विवाद तत्काल टुंगो लगाउन सरकारलाई रोकायाले आग्रह गरे।

लामो समयदेखि सीमा विवाद रहेको रानीसैन र लाम्पाटा क्षेत्रमा बाजुरा प्रशासनले प्रहरी चौकी निर्माण सुरु गरेपछि विवादले उग्ररुप लिएको थियो। निक्कै चर्किएको सीमा विवाद समाधानका लागि दुई जिल्लाका दुई सांसद गिरी र रोकायाले छलफल गरेर टुंगोमा पुग्ने सहमति गरेपनि विवाद सुल्झिएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group