ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित


एबीसी न्यूज
१२ असार २०८३, शुक्रबार   १० : ०८   बजे

काठमाडौं ११ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को अन्तिम खेलमा टर्कीसँग ३–२ गोलअन्तरले पराजित भए पनि सहआयोजक अमेरिका समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

अमेरिकाले यसअघि लगातार दुई खेलमा जित निकाल्दै ६ अंक जोडिसकेको थियो। अन्तिम खेलमा हार बेहोरे पनि समान ६ अंक भएका टोलीहरूमध्ये गोलअन्तरका आधारमा शीर्ष स्थान कायम राख्दै अमेरिका समूह विजेता बनेको हो।

जारी खेलमा अमेरिकाले तेस्रो मिनेटमै अस्टिन ट्रस्टीको गोलमार्फत अग्रता लिएको थियो। तर, टर्कीले १०औँ मिनेटमा अर्दा गुलरको गोलबाट खेललाई १–१ को बराबरीमा ल्यायो। त्यसपछि ३१औँ मिनेटमा ओर्कुन कोकुले गोल गर्दै टर्कीलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफको ४९औँ मिनेटमा सेबस्टियन बरहाल्टरले अमेरिकाका लागि बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्‍याए। खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला इन्जुरी समयको आठौँ मिनेट (९०+८) मा कान आयहानले निर्णायक गोल गर्दै टर्कीलाई ३–२ को रोमाञ्चक जित दिलाए।

जित निकाले पनि टर्कीका लागि यो नतिजा नकआउट चरण पुग्न पर्याप्त भएन। यसअघि पाराग्वे र अस्ट्रेलियासँग पराजित भएको टर्की समूह चरणबाटै बाहिरिएको हो। उता, अन्तिम खेलमा हार बेहोरे पनि अमेरिका समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

सम्बन्धित

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu