ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणमै जितविहीन रहँदै विश्वकपबाट बाहिरियो


abc tv news
१४ असार २०८३, आइतबार   ११ : २०   बजे

काठमाडौं १४ असार । दुई पटकको फिफा विश्वकप विजेता उरुग्वेका लागि विश्वकप–२०२६ निराशाजनक रह्यो। एक समय विश्व फुटबलको महाशक्ति मानिएको टोलीले यस संस्करणमा समूह चरणबाटै बिदा लिनुपर्‍यो। प्रशिक्षक मार्सेलो बिएल्साको नेतृत्वमा रहेको उरुग्वेले तीनवटै खेलमा जित निकाल्न नसक्दा केवल दुई अंकमा सीमित रहँदै नकआउट चरण पुग्ने अवसर गुमायो।

उरुग्वे समूह एचमा स्पेन, केप भर्डे र साउदी अरेबियासँग थियो। पहिलो खेलमा साउदी अरेबियासँग १–१ को बराबरी खेलेको उरुग्वेले दोस्रो खेलमा विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डेसँग पनि २–२ को बराबरी खेल्यो। त्यसपछि अन्तिम तथा निर्णायक खेलमा स्पेनसँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समूह चरणमै समाप्त भयो। तीन खेलबाट दुई बराबरी र एक हार बेहोरेको टोलीले मात्र दुई अंक जोड्यो।

स्पेनविरुद्धको खेलमा उरुग्वेले बलमा राम्रो नियन्त्रण राखे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। पहिलो हाफमा अनुभवी गोलकिपर फर्नान्डो मुस्लेराले गरेको गल्तीको फाइदा उठाउँदै स्पेनले निर्णायक गोल गरेको थियो। उक्त गल्तीपछि मुस्लेरा दोस्रो हाफअघि नै मैदानबाट बाहिरिएका थिए।

विश्वकपअघि दक्षिण अमेरिकी फुटबलका बलिया टोलीमध्ये एक मानिएको उरुग्वेसँग फेडेरिको भाल्भेर्दे, रोड्रिगो बेन्टान्कुर, मानुएल उगार्टे र डार्विन नुनेजजस्ता स्टार खेलाडी थिए। तर टोलीले अपेक्षाअनुसार आक्रमण निर्माण गर्न सकेन। अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर रहँदा गोलको खडेरी देखियो।

प्रतियोगिताभर टोलीभित्रको वातावरण पनि सहज रहेन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही वरिष्ठ खेलाडीहरूले प्रशिक्षक बिएल्साको कडा प्रशिक्षण शैली र रणनीतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए। विश्वकपबाट बाहिरिएपछि बिएल्साले पनि टोलीको असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। पछि उनले उरुग्वे राष्ट्रिय टोलीको प्रशिक्षक पदबाट राजीनामा दिने निर्णयसमेत गरेका छन्।

सन् १९३० र १९५० मा विश्वकप जितेको उरुग्वेले पछिल्ला संस्करणहरूमा पनि आफूलाई प्रतिस्पर्धी टोलीका रूपमा प्रस्तुत गर्दै आएको थियो। तर विश्वकप–२०२६ मा भने एक जितसमेत निकाल्न नसकी समूह चरणबाटै बाहिरिनु उरुग्वेली फुटबलका लागि ठूलो धक्का बनेको छ। विस्तारित ४८ टोलीको विश्वकपमा नकआउट चरण पुग्न असफल हुने दक्षिण अमेरिकी एकमात्र टोली पनि उरुग्वे बन्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu