ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबलमा सह–आयोजक क्यानाडा पहिलो पटक प्रिक्वार्टरफाइनलमा प्रवेश


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ७ : ०३   बजे

काठमाडौं, १५ असार । सहआयोजक क्यानाडा फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस रंगशालामा सोमबार बिहानभएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्दै क्यानाडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ मा प्रवेश गरेको हो । क्यानाडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरेका थिए । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्रिक्वार्टरफाइलनमा पुर्‍याएका हुन् ।

खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका अघि रहेपनि गोल भने गर्न सकेन । दक्षिण अफ्रिका फिनिसिङमा चुक्न पुग्यो । निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए । तेस्रो पटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुई पटक नै समूह चरणबाट बाहिरिएको थियो । क्यानाडासँग पराजित भएसँगै पहिलो पटक दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ ।

क्यानाडा समूह ‘बी’ दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्द नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा क्यानाडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दै

भारी वर्षासँगै बाढीपहिरोको जोखिम, सतर्क हुन आग्रह

सम्बन्धित

नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दै

टि २० मा विश्वविजेता भारतविरूद्ध आयरल्याण्डको ऐतिहासिक क्लिनस्वीप

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

भारी वर्षासँगै बाढीपहिरोको जोखिम, सतर्क हुन आग्रह

आज राष्ट्रिय धान दिवस

२० वर्षको युद्ध, ५ वर्षको मौनता: अफगानिस्तानको हिसाब-किताब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu