ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजिप्ट विश्वकपको नकआउट चरणमाः समर्थकद्वारा ऐतिहासिक सफलताको भव्य उत्सव


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ११ : ४९   बजे

काठमाडौं १५ असार । सन् २०२६ को फिफा विश्वकपमा इजिप्टको राष्ट्रिय टोली पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेपछि देशभर उत्सव मनाइएको छ । इजिप्टका क्याफे, घर र अपार्टमेन्टका बार्दलीहरूमा समर्थकहरूको उत्साहजनक नाराबाजी र खुशीयाली सुनिएको थियो । समूह ‘जी’ को आफ्नो अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दै ‘द फ्यारोज’ उपनामले चिनिने इजिप्टको टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यो बराबरीसँगै इजिप्टले तीन खेलबाट ५ अंक जोड्दै समूहको दोस्रो स्थान सुरक्षित ग¥यो । सोही समूहको अर्को खेलमा न्युजिल्याण्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको बेल्जियम समूह विजेताको रूपमा अर्को चरणमा पुगेको छ । विश्वकपको इतिहासमा इजिप्टको यो चौथो सहभागिता हो । यसअघि सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको इजिप्ट पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको हो । समर्थकहरूले आफ्नो टोलीको यो यात्रा अझै अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । ऐतिहासिक सफलता हात पारेको इजिप्टले अब आगामी जुलाई ३ मा हुने ‘राउन्ड अफ ३२’ को खेलमा अस्ट्रेलियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

सम्बन्धित

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu