ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   १२ : ५७   बजे

काठमाडौँ, १५ असार । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप २०२६ को समूह चरणका खेल सकिएका छन्। तीन देशमा गरी कुल ७२ खेल सम्पन्न भएसँगै प्रतियोगितामा सहभागी ४८ टिममध्ये उत्कृष्ट ३२ टिमले नकआउट चरणमा स्थान पक्का गरेका छन् । यस क्रममा फुटबलको महाकुम्भमा केही पुराना कीर्तिमान तोडिएका छन् भने नयाँ नायकहरूको उदय भएको छ ।तीनै देशमा खटिएका बीबीसीका खेल पत्रकारको समीक्षाअनुसार समूह चरणमा फ्रान्स सबैभन्दा उत्कृष्ट र खतरनाक टिमका रूपमा देखिएको छ भने ३९ वर्षको उमेरमा पनि अर्जेन्टिनाका लियोनेल मेसीको जादु कायम छ ।

उत्कृष्ट टिम फ्रान्सको दबदबा अर्जेन्टिनाको बलियो चुनौती
बीबीसीका अधिकांश विश्लेषकले फ्रान्सलाई यस पटकको मुख्य दाबेदार मानेका छन् । फ्रान्सले सन् १९९८ यता पहिलो पटक समूह चरणमा आफ्ना सबै तीन खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो । किलियन एम्बाप्पे, ओसमान डेम्बेले र माइकल ओलिसे सम्मिलित फ्रान्सको अग्रपंक्ति निकै आक्रामक देखिएको छ ।

त्यस्तै, चोटमुक्त हुँदै लयमा फर्किएका लामिन यमाल र निको विलियम्स सम्मिलित स्पेन र समूह चरणमा कुनै पनि गोल नखाई आठ गोल गरेको अर्जेन्टिना पनि बलियो टिमका रूपमा उभिएका छन् । लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना यस पटक व्यक्तिगत कौशलमा मात्र नभई उत्कृष्ट टिम समन्वयका साथ मैदान उत्रिएको छ ।

मेसीको लोभलाग्दो लय र ओलिसेको उदय
समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सबैको आकर्षणको केन्द्र बनेका छन् । ३९ वर्ष पुगिसक्दा पनि उनको खेल कौशल, मैदानको सुझबुझ लोभलाग्दो छ । उनले समूह चरणका ३ खेलमै ६ गोल गरिसकेका छन् । यो लयसँगै उनले सन् १९५८ को विश्वकपमा बनेको १३ गोलको ऐतिहासिक कीर्तिमानलाई समेत चुनौती दिन सक्ने अनुमान गरिएको छ ।

फ्रान्सका युवा खेलाडी माइकल ओलिसे पनि यो विश्वकपमार्फत अर्को उचाइमा पुगेका छन् । सेनेगलविरुद्ध म्यान अफ द म्याच बनेका उनले इराकविरुद्धको खेलमा दुई असिस्ट गर्दै टिमको जितमा मुख्य भूमिका खेलेका थिए ।

यसैगरी, मोरक्कोका १८ वर्षीय मिडफिल्डर अयुब बुआदीले आफ्नो परिपक्व प्रदर्शनले सबैलाई अचम्ममा पारेका छन् । उनको खेल शैलीलाई फ्रान्सका लिजेन्ड प्याट्रिक भिएरासँग तुलना गर्न थालिएको छ । विश्वकपमा एम्बाप्पे, रोनाल्डो, हालान्ड र भिनिसियस जुनियरजस्ता स्टारले आफ्नो प्रभाव जमाइरहँदा फ्रान्सका एम्बाप्पे देशलाई तेस्रो पटक विश्वकप उपाधि दिलाउन दृढ देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एकताको सन्देश ः रास्वपा सांसद, पोखरेल भिडियो

झापामा जङ्गली हात्तीको त्रास, उदयपुरमा ६ घर भत्कायो

सम्बन्धित

कानुनविपरीत बालबालिकालाई सदस्यता? रास्वपाको दाबी– प्राविधिक त्रुटि

७० प्रतिशतभन्दा बढी प्रतिनिधिले मतदान नगरेपछि रास्वपा निर्वाचनको वैधानिकतामाथि प्रश्न

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, २९ जनाको मृत्यु

झापामा जङ्गली हात्तीको त्रास, उदयपुरमा ६ घर भत्कायो

कालो सिसा प्रयोग गर्ने ५७ जना चालक कारबाहीमा

यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu