काठमाडौं, १९ असार । फिफा विश्वकप फुटबलको विश्वकप फुटबलको नकआउटमा शुक्रबार राति अस्ट्रेलिया र इजिप्टबीच प्रतिस्पर्धा हुने भएको छ ।
अमेरिकाको डालास रङ्गशालामा शुक्रबार राति पौने १२ बजेदेखि अस्ट्रेलिया र इजिप्टबीच प्रतिस्पर्धा हुने भएको हो। अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । विश्वकपमा अस्ट्रेलिया र इजिप्टबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ।
यसअघि अस्ट्रेलिया र इजिप्टबीच २ पटक भेट भएकोमा दुवै टोलीले १(१ खेल जितेका छन् ।त्यस्तै, नकआउट चरणमा शनिबार बिहान साविक विजेता अर्जेन्टिना र केब भर्डेबीच प्रतिस्पर्धा हुने भएको हो। अमेरिकाको मियामी रङ्गशालामा शनिबार बिहान पौने ४ बजेदेखि अर्जेन्टिना र केब भर्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।
अर्जेन्टिना समूह ‘जे’ को विजेता र केब भर्डे समूह ‘एच’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ ।
पहिलो पटक विश्वकप खेलिरहेको केब भर्डे समूह चरणको पहिलो खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो । स्पेनका खेलाडीले प्रहार गरेका २७ मध्ये ७ वटा गोलपोस्टभित्र थिए । तर केब भर्डेका गोलकिपर भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै सन् २०१० को विजेता स्पेनलाई बराबरीमा रोकेका थिए ।यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले ६ गोल गरिसकेका छन् । केब भर्डेका लागि मेसीलाई रोक्नु ठूलो चुनौती हुने भएको हो। यो विश्वकपमा ४ वटा टोली नयाँ थिए । केब भर्डे नकआउटमा पुग्दा कुरासाओ, जोर्डन र उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिएका छन् ।
त्यस्तै, विश्वकप फुटबलको नकआउटमा शनिबार बिहान कोलम्बिया र घानाबीच पनि प्रतिस्पर्धा हुने भएको हो । यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा शनिबार बिहान सवाँ ७ बजेदेखि कोलम्बिया र घानाबीच तिस्पर्धा हुने भएको छ।







प्रतिक्रिया दिनुहोस्