ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपको अन्तिम १६ मा इजिप्टको ऐतिहासिक प्रवेशसँगै देशभर खुशीयाली


abc tv news
२१ असार २०८३, आइतबार   १२ : ४४   बजे

काठमाडौं २१ असार । इजिप्ट जारी फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै प्रतिष्पर्धात्मक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले ऐतिहासिक सफलता हात पारेको हो । डालसमा भएको ‘राउण्ड अफ ३२’ को खेल निर्धारित समय र अतिरिक्त समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा अस्ट्रेलियालाई ४–२ ले स्तब्ध पार्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलको पहिलो हाफमा इमाम आशुरले गोल गर्दै इजिप्टलाई शुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल बराबरीको स्थितिमा पुगेको थियो । टोलीको यो ऐतिहासिक जितसँगै इजिप्टभर खुशीयाली छाएको छ । राजधानी कायरोको पूर्वमा अवस्थित नयाँ प्रशासनिक सहर, गिजा लगायतका विभिन्न स्थानमा रहेका फ्यान जोन र क्याफेहरूमा भेला भएका हजारौँ समर्थकहरूले झण्डा फहराउँदै र नाराबाजी गर्दै जितको उत्सव मनाएका छन्। समर्थकहरूले यस उपलब्धिलाई देशको फुटबल इतिहासकै ‘ऐतिहासिक क्षण’ को रूपमा चित्रण गरेका छन् ।
इजिप्ट समूह ‘जी’ मा बेल्जियमपछि दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भएको हो । यसअघि समूह चरणको खेलमा न्युजिल्याण्डलाई ३–१ ले पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको थियो ।
लामो फुटबल परम्परा भएपनि इजिप्टको विश्वकप इतिहास भने यसअघि सुखद् रहन सकेको थिएन । सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको इजिप्टले सन् २०२६ को यस संस्करणअघि कुनैपनि खेल जित्न सकेको थिएन । सन् १९९० मा नेदरल्याण्ड्स र आयरल्याण्डसँग बराबरी खेलेको इजिप्ट इंग्ल्याण्डसँग पराजित भएको थियो । त्यस्तै, २८ वर्षको अन्तरालपछि सन् २०१८ मा विश्वकपमा फर्किए पनि उरुग्वे, रुस र साउदी अरबविरुद्धका तीनवटै खेलमा उसले हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भदौ २४ पछि हामी मारिने अवस्थामै थियौँ, विश्वको भूराजनीतिले बचायो’ : प्रचण्ड

‘लाइफभन्दा लाइकको चिन्तामा सरकार’ : गगन थापा

सम्बन्धित

विश्वकपमा फ्रान्स र मोरक्कोको शानदार प्रदर्शन : एमबाप्पे चम्किए, मोरक्कोले क्यानडालाई ३–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय

एमबाप्पेको पेनाल्टीमा फ्रान्स क्वार्टरफाइनलमा, पाराग्वे १–० ले पराजित

अल्फोन्सो डेभिसको अनुपस्थितिले क्यानडाको विश्वकप यात्रा समाप्त, खेलाडी व्यवस्थापनमाथि फेरि उठ्यो प्रश्न

विश्वकपमा रोमाञ्चको रात : अर्जेन्टिना, इजिप्ट र कोलम्बिया अन्तिम १६ मा

कोलम्बियाको संघर्षपूर्ण जित, घानालाई १–० ले हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

विश्वकपमा अर्जेन्टिना र इजिप्टको ऐतिहासिक यात्रा : साविक च्याम्पियन बाँच्यो, अफ्रिकी शक्ति इतिहास रच्दै अन्तिम १६ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu