ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार ६ खेलमा गोल नखाई स्पेनले बनायो विश्वकपमा नयाँ कीर्तिमान


एबीसी न्यूज
२३ असार २०८३, मंगलबार   ८ : १०   बजे

काठमाडौं २३ असार । स्पेनले २०२६ फिफा विश्वकपको अन्तिम–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै विश्वकप इतिहासमा लगातार सबैभन्दा धेरै खेलमा गोल नखाएको नयाँ कीर्तिमान बनाएको छ ।डलासमा सोमबार भएको खेलमा स्पेनले लगातार छ खेलसम्म विपक्षीलाई गोल गर्न नदिई नयाँ इतिहास रचेको हो ।

स्पेनका गोलकिपर उनाइ सिमोनविरुद्ध पछिल्ला ६०९ मिनेटदेखि कुनै पनि खेलाडीले गोल गर्न सकेका छैनन् ।यो कीर्तिमानको सुरुआत सन् २०२२ को विश्वकपबाट भएको थियो । त्यसबेला स्पेनले अन्तिम–१६ मा मोरोक्कोसँग निर्धारित समयमा ०–० को बराबरी खेलेको थियो ।पेनाल्टी सुटआउटमा पराजित भए पनि यो खेललाई आधिकारिक रूपमा क्लिन सिटका रूपमा गणना गरिएको थियो ।यस विश्वकपमा स्पेनले पहिलो खेलमा केप भर्डसँग ०–० को बराबरी खेलेको थियो । त्यसपछि साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–० र राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गर्दै लगातार पाँचौँ क्लिन सिट पूरा गरेको थियो ।

अन्तिम–१६ मा पोर्चुगललाई पनि गोल गर्न नदिँदै १–० को जित निकालेपछि स्पेनले लगातार छ खेलमा क्लिन सिट राख्ने विश्वकप इतिहासकै पहिलो टोली बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरेलु मैदानको साथ पनि पुगेन, तीनै आयोजक राष्ट्र क्वार्टरफाइनल पुग्न असफल

विश्वकपमा युरोपेली दबदबा : बेल्जियम र स्पेन क्वार्टरफाइनलमा, अमेरिका र पोर्चुगलको यात्रा समाप्त

सम्बन्धित

घरेलु मैदानको साथ पनि पुगेन, तीनै आयोजक राष्ट्र क्वार्टरफाइनल पुग्न असफल

विश्वकपले आफ्नो कार्बन बिल तिर्नै पर्छ

अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

विश्वकपमा युरोपेली दबदबा : बेल्जियम र स्पेन क्वार्टरफाइनलमा, अमेरिका र पोर्चुगलको यात्रा समाप्त

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र, राडार भने लामो समयदेखि बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu