ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना


abc tv news
२६ असार २०८३, शुक्रबार   ८ : ४३   बजे

 काठमाडौं २६ असार । बागलुङमा एचआइभी सङ्क्रमितको संख्या २२० पुगेको छ। चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमितमध्ये १५ वर्षमुनिका ६ जना र १५ वर्षमाथिका २१४ जना छन्। त्यस्तै, ११४ जना महिला र १०६ जना पुरुष रहेका छन्।

सङ्क्रमितहरूले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेवा लिइरहेका छन्। सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्र बनाइएको घिमिरेले बताए।

उनका अनुसार हरेक वर्ष एचआइभी परीक्षण अभियान सञ्चालन हुँदै आएको छ। अघिल्लो आर्थिक वर्षमा करिब २० हजार जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने चालु आर्थिक वर्षमा आठ जनामा एचआइभी सङ्क्रमण देखिएको छ। अधिकांश नयाँ सङ्क्रमित विदेशबाट फर्किएका व्यक्ति रहेको उनले बताए। घिमिरेका अनुसार असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग तथा लागुऔषध प्रयोग गर्दा एउटै सुई प्रयोग गर्नेजस्ता कारणले एचआइभी सर्ने गर्छ। समाजमा हुने लाञ्छना र भेदभावका कारण सङ्क्रमितको पहिचान तथा उपचारमा ल्याउन अझै चुनौती रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि भारत लान रोकियो

बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउने प्रस्ताव

गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि भारत लान रोकियो

इसराइली गुप्तचरको दाबी– इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको छ

केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

फ्रान्सको सहज जित, एमबाप्पे र डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu