ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौं । पाकिस्तानको ब्रड पिक (८,०५१ मिटर) हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोहीको शव सुरक्षित रूपमा तल ल्याउने उद्धार अभियान तीव्र पारिएको छ।

घटनास्थलमा खटिएको उद्धार टोलीले हाल शवलाई क्याम्प–१ सम्म ल्याउने कार्य गरिरहेको छ। त्यसपछि सोमबार जापानी क्याम्प पुर्‍याइने योजना रहेको उद्धार समन्वयमा रहेका सांसद तथा अनुभवी पर्वतारोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिएका छन्।

उनका अनुसार मौसम र हिमालको अवस्था अनुकूल रहेमा जापानी क्याम्पबाट हेलिकोप्टरमार्फत शवलाई तल ल्याइने सम्भावना छ। शेर्पा स्वयं पाकिस्तानमै रहेर उद्धार अभियानको समन्वय गरिरहेका छन्।

गत साउन १४ गते (जुलाई ३०) क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिने क्रममा करिब ६ हजार ६ सय मिटर उचाइमा ठूलो हिमपहिरो गएको थियो। हिमपहिरोमा नेपाल, पाकिस्तान, अमेरिका, चीन र ओमानका गरी १० जना आरोही परेका थिए।

दुर्घटनामा नेपालका निर्मल पुर्जा (निम्सदाइ), पुरबहादुर गुरुङ (युक्त), निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नावाङ थिन्दु शेर्पाको निधन भएको पुष्टि भइसकेको छ।

उद्धार टोलीले सबै शव सुरक्षित रूपमा परिवारसम्म पुर्‍याउने लक्ष्यका साथ जोखिमपूर्ण हिमाली क्षेत्रमा अभियान जारी राखेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

मोदीले भने– केही ‘बदमास’ युवाले अश्लील गाली गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu