ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । मोरक्कोसँग सीमा जोडिएको स्पेनको स्वायत्त क्षेत्र सिउटामा समुद्रीमार्ग हुँदै दशौँ हजार आप्रवासी प्रवेश गरेपछि युरोपेली राजनीतिमा नयाँ विवाद चर्किएको छ। घटनाका क्रममा कम्तीमा ६७ जनाको मृत्यु भएको छ भने अधिकांश आप्रवासीलाई स्पेनी सेना र प्रहरीले सीमासम्म पुर्‍याएर मोरक्को फर्काएका छन्।

समुद्रबाट निकालिएका शवसँगै रबरका ट्युब र पौडी खेल्न प्रयोग गरिने ‘फ्लिपर्स’ समेत फेला परेका छन्। यति ठूलो संख्यामा मानिस एकैपटक सीमापार गर्न किन पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको छ। बीबीसीका अनुसार सामाजिक सञ्जालमा फैलिएको ‘स्पेन खुला छ’ भन्ने सन्देश यसको प्रमुख कारण हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले केही युरोपेली नेताले राजनीतिक लाभ लिन खोजेको आरोप लगाएका छन्। विशेषगरी इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले स्पेनको आप्रवासन नीतिको आलोचना गर्दै सुरक्षा जोखिमको हवाला दिई स्पेनसँगको सेन्जेन व्यवस्थालाई अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेकी छन्।

स्पेनले भने सिउटा सेन्जेन क्षेत्रभित्र नपर्ने भएकाले त्यहाँ पुगेका आप्रवासी स्वतः युरोपको मुख्य भूभागमा प्रवेश गर्न नसक्ने स्पष्ट पारेको छ।

युरोपेली संघका करिब दुई दर्जन सदस्य राष्ट्रले आप्रवासन नीतिबारे आकस्मिक बैठकको माग गरेका छन्। उनीहरूले स्पेनको उदार आप्रवासन नीतिले अनियमित आप्रवासीलाई आकर्षित गरेको आरोप लगाएका छन्। स्पेन सरकारले भने श्रमिक अभाव र वृद्ध जनसंख्याका कारण व्यवहारिक नीति अपनाइएको जनाएको छ।

प्रधानमन्त्री साञ्चेजले स्पेनको सर्वोच्च अदालतले समुद्रमार्फत आएका आप्रवासीलाई तत्काल फिर्ता पठाउन नहुने फैसला गरेपछि मानव तस्करहरूले त्यसको गलत प्रचार गर्दै ‘स्पेन खुला छ’ भन्ने भ्रम फैलाएको बताएका छन्।

विश्लेषकहरूका अनुसार घटनामा मानव तस्करभन्दा सामाजिक सञ्जालको प्रभाव बढी देखिएको छ। सामाजिक सञ्जालमा युरोप सहजै प्रवेश गर्न सकिने दाबी गरिएका भिडियो र सामग्री व्यापक रूपमा फैलाइएपछि धेरै मानिस समुद्रमार्फत सिउटा पुगेका थिए। तर त्यहाँ पुगेपछि उनीहरूले न बस्ने स्थान पाए, न खानाको व्यवस्था, न युरोपको मुख्य भूभाग पुग्ने अवसर। त्यसपछि अधिकांश केही घण्टामै मोरक्को फर्किएका छन्।

स्पेनको एल पाइसका विश्लेषक एन्ड्रिया रिज्जीका अनुसार दक्षिणपन्थी राजनीतिक शक्तिहरूले घटनालाई आफ्नो राजनीतिक अभियानका लागि प्रयोग गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनालाई ‘विपत्ति’ र ‘आक्रमण’को संज्ञा दिएका छन्। विश्लेषकहरूले युरोपभित्रको मतभेद रुसको रणनीतिक हितसँग पनि मेल खाने बताएका छन्।

मोरक्कोले घटनाको दोष आपराधिक समूहलाई दिएको छ। तर आलोचकहरूले हजारौँ मानिस सीमा क्षेत्रमा जम्मा हुँदा सुरक्षा निकाय अनभिज्ञ रहन नसक्ने बताएका छन्। यद्यपि स्पेनले मोरक्कोलाई अझै विश्वसनीय साझेदारकै रूपमा लिएको छ।

घटनापछि स्पेनले सिउटाको सीमा सुरक्षामा थप कडाइ गरेको छ। समुद्री क्षेत्रमा तैरिने अवरोध राखिएको, सीमाको बार विस्तार गरिएको र थप गस्ती जहाज परिचालन गरिएको छ। आउँदो साता युरोपेली संघका गृहमन्त्रीहरूले बाह्य सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

मोदीले भने– केही ‘बदमास’ युवाले अश्लील गाली गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu