ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित १० जना आरोहीको शव उद्धार अभियान सुरु भएको छ।

पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्गमा डेभिड शेर्पाका अनुसार आइतबार उद्धार टोलीले शवहरू हालको स्थानबाट क्याम्प–१ सम्म ल्याउने योजना बनाएको छ।

उनका अनुसार त्यसपछि सोमबार शवहरू जापानी क्याम्प पुर्‍याइनेछ। मौसम अनुकूल रहेमा त्यहाँबाट हेलिकोप्टरमार्फत थप उद्धार गरिने तयारी गरिएको छ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शेर्पाले अभियानको मुख्य उद्देश्य आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक परिवारसम्म पुर्‍याउनु रहेको बताएका छन्।

उनले उद्धार अभियानमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै हरेक निर्णय मौसम, हिमालको अवस्था र उद्धारकर्मीको सुरक्षालाई ध्यानमा राखेर भइरहेको जानकारी दिएका छन्।

गत बिहीबार पाकिस्तानको ब्रोड पिकमा आएको हिमपहिरोमा परी निर्मल पुर्जासहित १० जना आरोहीको मृत्यु भएको थियो। त्यसयता प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित हुँदै आएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मासुको गुणस्तरमा कडाइ गर्ने तयारी, माछासमेत कानुनी जाँचको दायरामा

कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला

सम्बन्धित

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

मोदीले भने– केही ‘बदमास’ युवाले अश्लील गाली गरे

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu